२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

सशस्त्र प्रहरी हिउँ छिचोल्दै हिल्सामा

Logo
प्रकाशित मंगलबार, जेठ २०, २०७७

एबिसी संचार
सिमकोट नेपाल र चीनको सिमानास्थित हिल्सामा सशस्त्र प्रहरी बलको एक टोली पुगेको छ । हिल्सामा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा चौकी (बीओपी) स्थापनाको बन्दोबस्ती गर्न चार हजारभन्दा अग्लो नारा लेक काटेर टोली हिल्सामा पुगेको हो ।
गत वर्ष नै निर्णय भएर पनि विभिन्न कारणले स्थापना गर्न नसकिएको नेपाल र चीनको सिमाना हिल्सामा बीओपी स्थापनाका लागि सशस्त्र प्रहरीको एक टोली हिल्सा पुगेको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताइन् । टोली आवश्यक पूूर्वाधारदेखि सबै व्यवस्था गर्ने र त्यसपछि बीओपीको औपचारिक रूपमा कार्यालय स्थापना हुने उनले बताइन् ।
सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन विष्टको नेतृत्वमा १७ जनाको टोली हिल्सा पुगेको हो । टोलीले कार्यालयका लागि घर भाडामा लिनेदेखि अन्य व्यवस्था गरिरहेको छ गोरखापत्रबाट ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!