२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

काठमाडौंमा चिकित्सामाथि भएको हातपातप्रति घोर भत्सना गर्दै डाक्टरहरुले गरे विरोध

Logo
प्रकाशित मंगलबार, जेठ २०, २०७७

महेन्द्र सिंह
बाँके जेठ २० कोहलपुरमा रहेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत डाक्टरहरुले चिकित्सामाथि हातपात गरीएको घटनाप्रति विरोध जनाएका छन् । काठमाण्डौ स्थित नेपाल मेडिकल कलेज, जोरपाटीमा यही जेष्ठ १४ गतेका दिन चिकित्सामाथि हातपात गरेकोप्रति घोर भत्सना गर्दै विरोध जनाएका हुन् ।
नेपालगञ्ज मेडिकल कलेजका उपनिर्देशक डा.दिनेश श्रेष्ठले विश्वमा फैलिएको कोरोना भाइसरसंग लड्नका लागि खटिरहेको चिकित्सामाथि हातपात गर्ने व्यक्तिलाई तुरुन्त कार्यवाही गर्नुपर्नेमा माग गरेको बताए । उनका अनुसार यस्तो समयमा विरामीलाई बचाउन सकिन्न भन्दै कुटपिट प्रति नेपालका सम्पूर्ण चिकित्सकहरुले विरोध गरिरहेका छौं । नेपाल सरकारले घटना घटेको छैटौ दिन वित्तिसक्दा समेत अझै घटना संलग्न रहेको दोषिलाई कारवाही नरेको भन्दै हामीले विरोध जनाएका हौं उनले भने ।
यस्तै विरोध कार्यक्रममा बोल्दै डाक्टर देवेन्द्र आचार्यले विश्वमा भएका डाक्टरहरुले अहिलेको कोरोनासंग लडिरहेका छन् र हामी पनि लडिरहेका छौं । यस्तो आक्रान्त समयमा हामीलाई लङ्गडो नबनाइयोस् भन्दै नेपाल सरकारलाई आव्हान गरेका छन् । घटना घटेको छैटौ दिन वित्तिसक्दा समेत अहिलेसम्म घटनामा दोषिलाई कार्वाही गरिएको छैनन तर अझै पनि दोषिलाई कार्वाही नगरेको खण्डमा अझै आन्दोलनलाई शसक्त रुपमा अगाडि लैजाने समेत चेतावनी दिएका थिए । डर, त्रास, भयभहको अवस्थामा डाक्टरहरुले विरामीको उपचार कसरी गर्ने सक्छन् त्यसैले नेपाल सरकारले स्वास्थ्यकर्मीहरुको सहज रुपमा विरामीको उपचार गर्ने वातावरण गराउने समेत आग्रह गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!