२८ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

पुर्वमन्त्री ढकालद्घारा राष्ट्रिय अन्लाईन पत्रकार संघलाई स्वास्थ समाग्री वितरण

Logo
प्रकाशित मंगलबार, जेठ २०, २०७७

सागर थापा
काठमाण्डौ युनिर्भसल पीस फेडेरेसन नेपाल (युपीएफ)ले विश्वभर फैलिएको कोरोना भाइसरले सत्य तथ्य खबर सम्प्रेषणका लागी फिल्डमा खटिने पत्रकारहरुका लागी आवश्यक पर्ने सुरक्षा सामग्री मास्क राष्ट्रिय अनलाईन पत्रकार संघलाई हस्तान्तरण गरेको छ ।
युनिर्भसल पीस फेडेरेसन नेपालका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले राष्ट्रिय अनलाईन पत्रकार संघका अध्यक्ष मुकुन्द ढुंगानालाई माक्स हस्तान्तरण गरेका हुन् ।
मास्क हस्तान्तरण पछि बोल्दै युनिर्भसल पीस फेडेरेसन नेपाल अध्यक्ष एकनाथ ढकालले कोभिड १९ को रोकथाम तथा नियन्त्रणको संघर्षमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीले पुर्याउदै आएको योगदानको आफुले उच्च मुल्यांकन गरेको बताए । पूर्वमन्त्रीसमेत रहेका ढकालले राष्ट्रिय संकटको घडीमा सबैले सरकारलाई पूर्ण रुपमा सहयोग गर्नु पर्ने बताए । उनले लकडाउनका बेला संकटमा परेका नागरिकका समस्या सरकारले भन्दा पहिले प्रेस जगतले देख्ने भएकाले उनीहरुका लागि सरकारले उचित व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष ढकालले लकडाउनको कारण हातमुख जोर्न सकस परेकाहरुको पहिचान गरि प्रभाबकारी ढंगबाट राहत उपलब्ध गर्नु पर्ने लगायतको सुझाब दिए । कोरोना कहरको यो अवस्थामा जोखिम मोलेर जनतालाई सूचना प्रवाह गर्न फिल्डमा खटिने पत्रकारहरुका लागि माक्स जरुरी रहेको बताए ।
प्राप्त माक्सलाई आफ्ना सदस्यहरु क्रियाशील रहेका विभिन्न सञ्चार माध्यममा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट जोगिन माक्स दिने संघका अध्यक्ष मुकुन्द ढुंगानाले जानकारी दिए । आम नागरिकलाई सुसूचित गर्ने कार्यमा अग्रभागमा क्रियाशील हुने पत्रकारहरुको सुरक्षाका निम्ति विभिन्न उपायहरु अपनाउनुपर्ने अवस्था भएका कारण पत्रकारहरुलाई माक्स वितरण गर्ने अध्यक्ष ढुंगानाले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!