१९ आषाढ २०८२, शुक्रबार
04-07-2025 , Fri
×

वडाध्यक्षसहित ५ जनामा कोरोना पुष्टि भएपछि वडा सिल

Logo
प्रकाशित बुधबार, जेठ २१, २०७७

एबिसी संचार दाङको बंगलाचुली गाँउपालिका वडा नम्बर ५ का वडाध्यक्षसहित पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि वडा सिल गरिएको छ। बंगलाचुली गाँउपालिकाले सूचना निकालेर वडामा सङ्क्रमणको उच्च जोखिम भएको भन्दै वडा सील गरेको जानकारी गराएको छ। मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी अर्को सूचना जारी नभएसम्मकालागि वडा सिल गरिएको पालिकाको सुचनामा उल्लेख छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले मंगलबार बंगलाचुली गाँउपालिका वडा नम्बर ५ का अध्यक्षसहित ५ जनालाई सङ्क्रमण भएको पुष्टि गरेको थियो। वडा अध्यक्षसहित ५ जनामा कोरोना पुष्टि भएसँगै पूरै वडा सिल गरिएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयबाट हराएको महिन्द्रा स्कार्पियो एस फोर–प्रदेश ३–०१–००२ झ ५३६७ नम्बरको गाडी मन्त्रालयले गाडी खोज्न गृह मन्त्रालयलाई पत्राचार गरेको एक दिनमा नै भेटिएको हो । गृह मन्त्रालयलाई पत्राचार गरेको एक दिनमा नै गाडि भेटिए पनि तर, के कसरी हराएको हो र कहाँ भेटियो भन्ने जानकारी आफुलाई नभएको श्रम मन्त्रालयका […]

  दाङ । विजौरी बजारमा जथाभावी फोहर नफाल्न आग्रह गर्दै पसल अगाडी आफै सरसफाई गर्नुहोला भन्दै माइकिङ समेत गरिएको थियो। भने उक्त सरसफाईमा तुलसीपुर उपमहानगर पालिका वडा नम्बर-१९ का वडाध्यक्ष प्रेमनाथ योगीले वर्षायाम सुरु भएकोले सचेत रहन आग्रह गर्नु भएको थियो । यो समयमा  अत्याधिक रुपमा डेंगु रोग लाग्ने भएकाले आ-आफ्नो पसलको वरिपरि तथा घरअगाडी […]

  सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमार्फत गाली गरेको आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको स्रोतले जनाएको छ । यद्यपि उनी अहिलेसम्म पक्राउ भने परेका छैनन् । पक्राउ पुर्जीबारे मधेश प्रदेशका डीआईजी उमा चतुर्वेदीले भने केही बताउन चाहेनन् । ‘यो अनुसन्धानकै चरणमा रहेकाले अहिले केही बोल्न मिल्दैन,’ उनले भने । यादव […]

error: Content is protected !!