२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

रिपोर्ट पोजिटिभ आए पछी क्वारेन्टाइनमै कुटिए स्वास्थ्यकर्मी

Logo
प्रकाशित बुधबार, जेठ २१, २०७७

एबिसी संचार
क्वारेन्टाइनमै कुटिए स्वास्थ्यकर्मी
रौतहटको राजपुर नगरपालिकामा रहेको क्वारेन्टाइनमा रहेकाहरुले स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका छन् ।
वडा नम्बर ९ बैरियास्थित मदरसामा रहेको क्वारेन्टाइनमा बसेकाहरुले आरडिटी टेष्ट गर्ने क्रममा दुईजना स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका हुन् । कुटपिटबाट राजपुर नगरपालिकाका स्वास्थ्य शाखाका सहसंयोजक सिनियर अहेब शेख खुसैद र स्वास्थ्यकर्मी राम नरेश साह घाइते भएका हुन् । उनीहरुको टाउकोमा चोट लागेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रविन्द्र झाले जानकारी दिए ।
उक्त क्वारेन्टाइनमा रहेका मध्ये १८४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई आरडिटी टेष्ट गरिएको थियो । आरडिटी टेष्ट गर्दा निगेटिभ आएकाहरुलाई मात्रै घर पठाउने निर्णय भएअनुसार परीक्षण शुरु गरेको र केही व्यक्तिको रिर्पोट पोजेटिभ आएपछि स्वास्थ्यकर्मीमाथि एक्कासी आक्रमण गरेको स्वास्थ्य संयोजक झाले बताए ।
क्वारेन्टाइनको माथिल्लो तलामा ७३ जना कोरोना भाइरस संक्रमित रहेका छन् । पिसिआर रिपोर्ट नेगेटीभ आएपछि आफूहरु घर जान पाउनुपर्ने क्वारेन्टाइनमा बस्नेहरुको माग छ । स्वास्थ्यकर्मीमाथि हातपात गर्नेहरुले तीनवटा मोटरसाइकल समेत तोडफोड गरेको राजपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले बताए । नागरिकखबरबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) वैदेशिक रोजगारका लागि कुवेत पठाईदिन्छु भनि कुवेत पु¥याई मानवबेचबिखन गरेको अभियोगमा धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ बस्ने ४७ वर्षीय श्यामबाबु बराकोटीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङ समेतको समन्वयमा मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ बाट पक्राउ गरेको हो ।श्यामबाबु समेतले पीडितलाई नेपाल सरकारबाट […]

  उपचारका क्रममा भारत गएको अवस्थामा एबिसी सञ्चार डटकम अनलाइनका प्रमुख सागर थापाको मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक भएको छ । पत्रकार एवम् प्रमुख थापाले आइतबार अपरान्ह आफ्नो मोबाइलसितै चोरी भएको ९८४७८ ४५९१८ बाट फोन गरेर सो कुराको जानकारी गराएका हुन् । मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक गरेर विभिन्न व्यक्ति विशेषहरुसित नचाहिँदा हरकत […]

(एबिसि संचार ) प्रहरी चौकी थुमपोखरी, स्याङ्जाका इन्चार्ज असई मनोजकुमार सिंह कुटिएका छन् । स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई सिंहसहितको टोलीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । झगडा भएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीमाथि युवाहरुको समूहले कुटपिट गरेको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले […]