११ आषाढ २०८३, बिहिबार
25-06-2026 , Thu
×

रिपोर्ट पोजिटिभ आए पछी क्वारेन्टाइनमै कुटिए स्वास्थ्यकर्मी

Logo
प्रकाशित बुधबार, जेठ २१, २०७७

एबिसी संचार
क्वारेन्टाइनमै कुटिए स्वास्थ्यकर्मी
रौतहटको राजपुर नगरपालिकामा रहेको क्वारेन्टाइनमा रहेकाहरुले स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका छन् ।
वडा नम्बर ९ बैरियास्थित मदरसामा रहेको क्वारेन्टाइनमा बसेकाहरुले आरडिटी टेष्ट गर्ने क्रममा दुईजना स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका हुन् । कुटपिटबाट राजपुर नगरपालिकाका स्वास्थ्य शाखाका सहसंयोजक सिनियर अहेब शेख खुसैद र स्वास्थ्यकर्मी राम नरेश साह घाइते भएका हुन् । उनीहरुको टाउकोमा चोट लागेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रविन्द्र झाले जानकारी दिए ।
उक्त क्वारेन्टाइनमा रहेका मध्ये १८४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई आरडिटी टेष्ट गरिएको थियो । आरडिटी टेष्ट गर्दा निगेटिभ आएकाहरुलाई मात्रै घर पठाउने निर्णय भएअनुसार परीक्षण शुरु गरेको र केही व्यक्तिको रिर्पोट पोजेटिभ आएपछि स्वास्थ्यकर्मीमाथि एक्कासी आक्रमण गरेको स्वास्थ्य संयोजक झाले बताए ।
क्वारेन्टाइनको माथिल्लो तलामा ७३ जना कोरोना भाइरस संक्रमित रहेका छन् । पिसिआर रिपोर्ट नेगेटीभ आएपछि आफूहरु घर जान पाउनुपर्ने क्वारेन्टाइनमा बस्नेहरुको माग छ । स्वास्थ्यकर्मीमाथि हातपात गर्नेहरुले तीनवटा मोटरसाइकल समेत तोडफोड गरेको राजपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले बताए । नागरिकखबरबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । सशस्त्र प्रहरीले सीमा नाकामा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ । दैनिक सयौँको आवतजावत हुने हुनाले सर्वसाधारणलाई सहजीकरण  र सहयोग गर्न  त्यस्तो टिम परिचालन गर्न लागिएको सशस्त्र प्रहरीका आईजी नारायणदत्त पौडेलले बताए । बिहीबार प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आईजी पौडेलले भने, ‘सीमानामा बोर्डर इन्टर्याक्सन टिम गठन गरिँदै छ ।’ नेपाल […]

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा लागुऔषध दुर्व्यसन विरुद्धको सचेतनामुलक प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। बिहिबार,उत्सव कुञ्ज पार्टी प्यालेस, बसुन्धारा काठमाडौं महानगरपालिका वडा नं. ३, प्रहरी वृत्त महाराजगञ्ज, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र महाराजगञ्ज चक्रपथ युवा क्लब महाराजगञ्ज युवालाई लागुऔषधको दुष्प्रभावबारे जानकारी […]

दाङ । सामाजिक अभियान्ता संदेश भण्डारी क्षेत्रीको नेतृत्वमा देउखुरीवासीको समस्या लिएर ध्यानाकर्षण पत्र बुझाउन यो मस्यौदा प्रयोग गर्न औपचारिक र प्रभावकारी बनाएको छ । देउखुरी क्षेत्रमा देखिएको विद्युत आपूर्ति सम्बन्धी समस्याप्रति ध्यानाकर्षण गराउँदै तत्काल समाधान गरिदिन अनुरोध गर्दै । श्रीमान् प्रमुख ज्यू, नेपाल विद्युत प्राधिकरण लमही वितरण केन्द्र, दाङ हामी देउखुरी क्षेत्रका नागरिकहरू सामाजिक अभियान्ता […]

error: Content is protected !!