०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

ठगीमा विदेशी नागरिकलाई सघाएको आरोपमा १५ जना प्रहरीमाथि अनुसन्धान

Logo
प्रकाशित बिहिबार, जेठ २२, २०७७

एबिसी संचार
काठमाडौं ठगी कार्यका लागि विदेशी नागरिकलाई सघाएको आरोपमा अध्ययगमन विभागले सुरक्षामा खटिएका १५ जना प्रहरीमाथि अनुसन्धान थालेको छ । उनीहरुमाथि विभागको हिरासतमा रहेका नाइजेरियाका नागरिक जेम्स एडी जेबीलाई फोन उपलब्ध गराएर ठगी कार्यका लागि सहयोग गरेको आरोप रहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को अनुसन्धानमा सुरक्षामा खटिएका प्रहरीले सघाएको पाइएपछि विभागको सुरक्षामा रहेका सबै प्रहरीलाई नेपाल प्रहरीको दुई नम्बर गणमा राखेर अनुसन्धान थालिएको उनले बताए । घटनामा संलग्न देखिएको भन्दै सिआइबीले कारवाहीका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा पत्र पठाएको थियो । सोही पत्रको आधारमा अनुसन्धान प्रक्रिया अघि बढाइएको हो ।
अधयागमन विभागको सुरक्षामा अर्को टोली पठाइएको छ । एक हप्ताअघि नाइजेरियाका नागरिक जेबीले हिरासतबाटै अनलाइनमार्फत साथी बनाएर ठगी धन्दा चलाएको सिआइबीमा उजुरी परेको थियो । अनुसन्धानका क्रममा उनले ह्वाट्स् एपको प्रयोग गरी साथी बनाएर विभिन्न लोभ देखाई पैसा माग्ने गरेको खुल्न आएको छ । आफू अमेरिकी सैनिक भएको र सिरियाको मिसनका बेला अपरेशन गर्दा ९० लाख डलर भेटिएकाले अमेरिका पठाउने अवस्था नभएको उल्लेख गरी नेपाल पठाउन लागेको भन्दै पैसा माग्ने गरेका थिए ।
त्यसरी नेपालमा पठाएको पैसा लिन कूटनीतिक पासपोर्ट भएका आफ्ना सहयोगी नेपाल आउन लागेका बेला दुबईमा अड्किएकाले उसलाई निकाल्नका लागि पैसा चाहियो भनेर एक हजार २५ डलर मागेको पाइएको सिआइबीका निर्देशक प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । उनी नेपालमा लागूऔषध मुद्दामा ६ वर्ष जेल सजाय पाएर छुटेका व्यक्ति हुन् । प्रवेषाज्ञा सकिएकाले उनलाई डिपोर्ट गरेर चैत १० गते नै पठाउन लागिएको थियो तर अन्तर्राष्ट्रिय उडान रोकिएपछि उनी अध्यागमन विभागको हिरासतमा रहेका थिए । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भारतको कुख्यात कमाठीपुरा रेडलाइट एरियाबाट उद्धार गरिएका १२८ जना नेपाली महिलालाई स्वदेश फर्काउन बलिउड सुपरस्टार सुनील सेट्टीको महत्वपूर्ण भूमिका रहेको तथ्य २९ वर्षपछि सार्वजनिक भएको छ। शक्ति समूहकी अध्यक्ष सुनिता दनुवारका अनुसार सन् १९९६ फेब्रुअरीमा भारतको महाराष्ट्र प्रहरीले कमाठीपुरा क्षेत्रमा छापा मारेर ४५६ महिलाको उद्धार गरेको थियो। तीमध्ये सयभन्दा बढी नेपाली महिलाहरू थिए। […]

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर बिकको प्रमुख आतिथ्यतामा कार्यसम्पादन तथा मूल्यांकन ढाँचा कार्यान्वयन सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरीका विभिन्न इकाइहरूबाट दैनिक रूपमा सम्पादन हुने कार्यहरूलाई मार्गनिर्देशन गर्न तथा सो अनुरूप कार्यालय र कार्यालय प्रमुखहरूको कार्य(प्रभावकारिता र कार्यदक्षता अनुगमन एवम् मूल्यांकन गर्ने […]

बारा । कलैया स्थित यातायात व्यवस्था कार्यालयमा लिखित तथा ट्रायल परीक्षामा व्यापक भ्रष्टाचार, अनियमितता र सेटिङ भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय बनेपछि कार्यालय प्रमुख अर्विन्द्र दास गम्भीर विवादमा छन्। कार्यालय प्रमुख दासमाथि सेवाग्राहीसँग करोडौँ रुपैयाँ असुली, पद र शक्तिको दुरुपयोग, परिवारका सदस्य प्रयोग गरी अवैध धन्दा सञ्चालन, तथा कर्मचारीमाथि कुटपिट जस्ता गम्भीर आरोप […]

error: Content is protected !!