२९ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

लकडाउनको बेला तस्करलाई सघाएको आरोपमा असईसहित ४ प्रहरी निलम्बित

Logo
प्रकाशित बिहिबार, जेठ २२, २०७७

एबिसी संचार
जनकपुरधाम लकडाउनका बेला तस्करलाई सघाएको भन्दै प्रदेश २ का चार जना प्रहरी कर्मचारीलाई निलम्बन गरिएको छ ।
आर्थिक लाभ लिएर भारततर्फ सामान ओहोरदोहोरमा सहयोग पुर्याएको प्रमाण फेला परेपछि उनीहरूलाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी सहायक निरीक्षक राजाराम ठाकुर, प्रहरी हवलदार विजय साह र चुन रमण चौरसिया र प्रहरी जवान अरुण तिवारीलाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयका एक अधिकारीले प्रशासनलाई बताए ।
सर्लाहीको विष्णु गाउँपालिकास्थित बबाल दोहन प्रहरी चौकीमा कार्यरत चारै जनाले आर्थिक लाभ लिएर तस्करलाई सघाएको उनको भनाई छ रासस ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!