०६ मंसिर २०८३, आइतबार
22-11-2026 , Sun
×

करबारे सरकारी ताकेताको भद्र अवज्ञा गर्न व्यवसायीहरुलाई देउवाको :आग्रह

Logo
प्रकाशित बिहिबार, जेठ २२, २०७७

एबिसी संचार
काठमाडौँ प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले २५ गतेभित्र कर तिर्न भनेर सरकारले दिएको ताकेताप्रति असन्तुष्टि जनाउँदै त्यसको भद्र अवज्ञा गर्न व्यवसायीहरूलाई आग्रह गरेका छन् । सरकार व्यवसायीप्रति असंवेदनशील बनेको भन्दै उनले असहज परिस्थितिमा सरकारले कर्तव्य र जिम्मेवारी भुलेको बताएका छन् ।
सरकारले जेठ २५ गतेभित्र कर तिर्न र त्यसो नगरे ब्याज र जरिवाना लाग्ने व्यवसायीहरूलाई मंगलबार चेतावनी दिएको थियो ।
पूर्वप्रधानमन्त्री देउवाले बुधबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नागरिकले तिर्ने करले नै मुलुक चल्ने हो, तर करदाताले प्रतिकूल परिस्थिति भोगिरहेका बेला सहजीकरण गर्ने कर्तव्य र जिम्मेवारी सरकारको हो । सरकारले त्यो जिम्मेवारी निर्वाह नगरेर अनुदार ढंगले ताकेता गर्दा त्यसलाई भद्र अवज्ञा गर्नुभन्दा अर्को विकल्प नागरिकसँग रहँदैन ।
नागरिक संकटमा परेको बेला पनि सरकार अनावश्यक खर्च कटौती गर्न र मितव्ययिता अपनाउने निर्णय गर्नबाट चुकेको देउवाको भनाई छ । उनले स्वास्थ्य परीक्षणबारे पनि सरकारले योजना नल्याएको बताएका छन् ।
‘कोरोनाको कारण नागरिकको जीवन र मुलुकको अर्थतन्त्रले चुनौती भोग्नुपरेका बेला अनावश्यक खर्च घटाउन, मितव्ययिताका लागि गर्नुपर्ने एवं गर्न सकिने निर्णय र कार्यमा सरकार गम्भीर भएन’, उनले भने, ‘व्यापक पीसीआर परीक्षण गरेर सानाठूला व्यवसाय क्रमशः संचालन गर्ने दिशामा आवश्यक पहलकदमी र ठोस कार्ययोजना सरकारसँग देखिएन । समग्र व्यवसायिक क्षेत्रको चुनौतीलाई सहज बनाउन सरोकारवालाहरूसँग संवादका साथ सहजीकरण प्याकेज निर्माण गर्नतर्फ पनि सरकारको ध्यान गएन ।’
‘लकडाउन जारी रहेका बेला केवल कर तिर्न ताकेता गर्नुले सरकार गम्भीर र जिम्मेवार होइन दायित्त्व र संवेदना विहीन रहेको पुष्टि भएको छ ’ यस्तो कार्यलाई उनले बजारको स्थिति बुझेर पनि बुझ पचाएको रूपमा ब्याख्या गरेका छन् ।
उनले कर तिर्ने अवधि पछि सार्नुपर्ने भन्दै लकडाउनले मुलुकको अर्थतन्त्रमा पारेको प्रभावको मूल्याकंन गरेर अगाडि बढ्न सरकारसँग आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुकुम पश्चिम ।आठबिसकोट नगरपालिका स्थित चौतारामा आयोजना गरिएको मेलामा एक्कासी लफडा हुँदा भागाभाग भएको छ। रमाइलो हेर्न गएका सर्वसाधारण रमाइलो छोडेर ज्यान जोगाउन भाग्नु परेको प्रत्यक्षदर्शीले बताएका छन्। मेला स्थलमा केही समय तनावग्रस्त बनेको थियो। लफडा किन र कसरी सुरु भयो भन्ने अझै खुल्न सकेको छैन। घटनाबारे थप विवरण आउन बाँकी छ।

काठमाडौं । कीर्तिपुरमा रहेको एक सिरक-डसना उद्योगमा भीषण आगलागी भएको छ। आगलागीबाट उद्योगमा रहेको कच्चा पदार्थ, तयार सिरक-डसना, मेसिन तथा अन्य सामान जलेर नष्ट भएका छन्। प्रारम्भिक अनुमान अनुसार लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ। आगलागीको कारण खुल्न सकेको छैन। स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

नयाँदिल्ली । प्रधानमन्त्री नियुक्त भएपछि पहिलो विदेश भ्रमणमा भारत पुगेका प्रधानमन्त्री शाह र भारतीय विदेश मन्त्री जयशंकरबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ। भेटमा नेपाल-भारत सम्बन्ध, द्विपक्षीय हित, विकास साझेदारी र आपसी सहयोगका विषयमा छलफल भएको बताइएको छ।

error: Content is protected !!