०९ साउन २०८२, शुक्रबार
25-07-2025 , Fri
×

नेपालमा रहेका आफ्ना नागरिकलाई भारतले स्वदेश लग्

Logo
प्रकाशित बिहिबार, जेठ २२, २०७७

एबिसी संचार काठमाडौं भारतीय सरकारले लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई स्वदेश फिर्ता लगेको छ। विभिन्न काम विशेषले काठमाडौं उपत्यकामा आइ रोकिएका भारतीय नागरिकलाई भारतीय राजदूतावासको पहलमा स्वदेश फिर्ता लगिएको छ। लामो समय जारी रहेको लकडाउनका कारण काठमाडौंमा व्यापार व्यवसाय गर्ने भारतीय नागरिक, धार्मिक भ्रमणका लागि आएका, आफन्त भेटघाटका लागि आएका आफ्ना नागरिकलाई बिहीबार पनि भारत लैजाने व्यवस्था मिलाएको हो। दूतावासका अनुसार सम्पर्कमा आएका आफ्ना नागरिकलाई बस मार्फत लैजाने व्यवस्था गरिएको छ। भारत सरकारले यस अघि पनि नेपमालमा आई विभिन्न ठाउँमा रोकिएर बसेका आफ्ना नागरिकलाई उद्धार गरी प्लेन मार्फत स्वदेश फिर्ता लगेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाली सैनिक वार कलेज नगरकोटमा संचालित सि.सं.६ अल आर्म्स कमाण्ड तथा स्टाफका तालिमरत ४६ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको बिहीबार अवलोकन भ्रमण सम्पन्न भएको छ । अवलोकन भ्रमणमा सहभागीहरूलाई नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले स्वागत गर्नुभएको थियो । सो क्रममा सहभागी सैनिक अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित […]

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३८ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६१ पैसा , क्यानेडियन डलर एकको खरिददर […]

  उनको निधनको कारण हृदयाघात (कार्डियक अरेस्ट) भएको बताइएको छ। हल्क होगनको वास्तविक नाम टेरी जीन बोलिया हो । उनले १९८० र १९९० को दशकमा डब्ल्यूडब्ल्यूईलाई विश्वव्यापी लोकप्रियता दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनको ञहल्कमेनियाझ अभियानले रेसलिंगलाई नयाँ उचाइमा पुर्‍याएको थियो। उनले १९८४ मा आयरन शेखलाई हराएर डब्ल्यूडब्ल्यूएफ च्याम्पियनशिप जितेका थिए, जसले ञहल्कमेनियाझ को शुरुआत […]

error: Content is protected !!