२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नेपालमा रहेका आफ्ना नागरिकलाई भारतले स्वदेश लग्

Logo
प्रकाशित बिहिबार, जेठ २२, २०७७

एबिसी संचार काठमाडौं भारतीय सरकारले लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई स्वदेश फिर्ता लगेको छ। विभिन्न काम विशेषले काठमाडौं उपत्यकामा आइ रोकिएका भारतीय नागरिकलाई भारतीय राजदूतावासको पहलमा स्वदेश फिर्ता लगिएको छ। लामो समय जारी रहेको लकडाउनका कारण काठमाडौंमा व्यापार व्यवसाय गर्ने भारतीय नागरिक, धार्मिक भ्रमणका लागि आएका, आफन्त भेटघाटका लागि आएका आफ्ना नागरिकलाई बिहीबार पनि भारत लैजाने व्यवस्था मिलाएको हो। दूतावासका अनुसार सम्पर्कमा आएका आफ्ना नागरिकलाई बस मार्फत लैजाने व्यवस्था गरिएको छ। भारत सरकारले यस अघि पनि नेपमालमा आई विभिन्न ठाउँमा रोकिएर बसेका आफ्ना नागरिकलाई उद्धार गरी प्लेन मार्फत स्वदेश फिर्ता लगेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]