२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

क्वारेन्टिन भित्रै दुई महिलाले जन्माए बच्चा

Logo
प्रकाशित बिहिबार, जेठ २२, २०७७

एबिसी संचार
डोटी क्वारेन्टिन भित्र बसेका दुई जना महिलाले बच्चा जन्माएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नं २ को देवी माध्यमिक विद्यालय खातिवडाको क्वारेन्टिनमा रहेकी २१ वर्षिया गीता आउजी र शिखर नगरपालिका वडा नं ३ को भवानी आधारभुत विद्यालय खन्याडी छडिमाण्डौको क्वारेन्टाइनमा रहेकी २५ वर्षिया पुजा सार्की दुबैले छोरा जन्माएका छन् ।
गीता आउजीले बुधबार राती १ बजेर ४४ मिनेट जाँदा क्वारेन्टाइनभित्रै छोरा जन्माएको वडा नं २ का वडा अध्यक्ष राजेन्द्र खड्काले जानकारी दिए । उनी सो गरपालिकाको वडा नं २ खुल्लेकका स्थायी बासिन्दा हुन् । कामको शिलशिलामा भारतको राजस्थान बस्दै आएकी गीता आउजी कोरोना महामारीका कारण यहि जेठ १२ गते डोटी फर्केकी थिइन् । भारतबाट आएका ७४ जनाको टोलीसँगै उनका श्रीमान् अमर आउजी पनि सँगै क्वारेन्टिन मा नै छन् । सकुशल बच्चालाई जन्म दिएको खातीवडा स्वास्थ्यचौकी प्रमूख राम बहादुर भण्डारीले बताए ।
त्यस्तै शिखर नगरपालिका वडा नं ३ नकुरालाका स्थायी बासिन्दा पुजा सार्किले पनि बिहीबार बिहान करिब साढे पाँच बजेतिर क्वारेन्टिनभित्रै छोरा जन्माएकी हुन । उनी कामको शिलशिलामा भारतको मुम्बै बान्द्रामा बस्दै आएकी महामारीको जटीलताका कारण यहि जेठ १५ गते डोटी फर्केकी थिइन् । उनका श्रीमान गगन सिंह सार्कीसँगै क्वारेन्टाइनमा रहेकी उनले पनि सकुशल रुपमा बच्चालाई जन्म दिएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरीष शाहले बताए ।
दुबै महिलाले स्वास्थ्यकर्मिको सहयोग बिना आफै बच्चाको जन्मदिएका हुन अहिले दुबै महिला र बच्चाहरुको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । उनले भने, ‘दुबै महिलाहरुको आरडिटी परीक्षण पश्चात रिपोर्टको आधारमा होम क्वारेन्टाईनको लागि घर पठाईने तयारी भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!