२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

गस्तीमा गएको प्रहरी माथि ढुंगा प्रहार दुईजना पक्राउ

Logo
प्रकाशित शुक्रबार, जेठ २३, २०७७

एबिसी क्राइम ब्युरो
दाङमा गएराती एक इन्पेक्टर माथि ढुंगा प्रहार भएकाे छ । बबई गाउँपालित स्थित ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक मोहन बिक्रम केसीमाथि ढुंगा प्रहार भएको हाे ।
बिहीबार राति साढे ८ बजेतिर केसीको कमाण्डमा ७ जना प्रहरीको टोली गस्तीमा गएको अबस्थामा ववई गाउँपालिका वडा नं. ५ पञ्चकुलेका ४५ बर्षीय चित्रबहादुर डाँगी र उनका २७ बर्षीय छोरा हेमराज डाँगीले मापसे गरेर प्रहरी माथि हातपात तथा ढुंगा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दले बताए ।
पञ्चकुले बजारमा गस्ती गएको क्रममा टाउकोमा चोट लागेर घाईते भएका केसीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरुहेको छ । ढुंगा प्रहार गर्ने दुबै जनालाई दाङ प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!