३० फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

गस्तीमा गएको प्रहरी माथि ढुंगा प्रहार दुईजना पक्राउ

Logo
प्रकाशित शुक्रबार, जेठ २३, २०७७

एबिसी क्राइम ब्युरो
दाङमा गएराती एक इन्पेक्टर माथि ढुंगा प्रहार भएकाे छ । बबई गाउँपालित स्थित ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक मोहन बिक्रम केसीमाथि ढुंगा प्रहार भएको हाे ।
बिहीबार राति साढे ८ बजेतिर केसीको कमाण्डमा ७ जना प्रहरीको टोली गस्तीमा गएको अबस्थामा ववई गाउँपालिका वडा नं. ५ पञ्चकुलेका ४५ बर्षीय चित्रबहादुर डाँगी र उनका २७ बर्षीय छोरा हेमराज डाँगीले मापसे गरेर प्रहरी माथि हातपात तथा ढुंगा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दले बताए ।
पञ्चकुले बजारमा गस्ती गएको क्रममा टाउकोमा चोट लागेर घाईते भएका केसीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरुहेको छ । ढुंगा प्रहार गर्ने दुबै जनालाई दाङ प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!