०९ कार्तिक २०८३, आइतबार
25-10-2026 , Sun
×

जाजरकोट रुकुम घटनाबारे छानबिन गर्न संसदीय समिति गठन

Logo
प्रकाशित शुक्रबार, जेठ २३, २०७७

एबिसी संचार काठमाडौं जाजरकोट रुकुम पश्चिममा भएको जातीय घटनाको अध्ययन, अनुसन्धानका लाागि संसदीय विशेष समिति गठन हुने भएको छ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सांसदहरुले संसदीय विशेष समिति गठन नभएसम्म सदनको कारवाही अघि बढ्न नसक्ने भन्दै अवरोध गरेपछि सभामुख अग्नि प्रसाद सापकोटाले समिति गठन गरिने जानकारी गराउनुभएको हो।
उहाँले भन्नुभयो “रुकुम पश्चिम जिल्लाका चौरजहारी नगरपालिका ८ स्थित सोतीमा मा २०७७ साल जेठ १० गते घटेको घटनाको सम्बन्धमा अघिल्ला बैठकहरुमा पनि कुरा उठेको र आजको बैठकमा पनि मानीय पुष्पा भुसाल गौतमले कुरा उठाउनुभएको छ।
त्यसैले यी विषयहरुलाई सम्बोधन गर्न उक्त घटनाको आवश्यक अध्ययन तथा अनुगमन गरी सभामा प्रतिवेदन पेश गर्न प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुसंग आवश्यक छलफल पश्चात प्रतिनिधिसभा नियमावलि २०७५ को नियम १ सय ७७ बमोजिम संसदीय विशेष समिति गठन गरिने व्यहोरा माननिय सदस्यहरुलाई जानकारी गराउँदछु।”
यसअघिका प्रतिनिधिसको प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलका सांसद मात्रै नभई सत्तारुढ दलका दलित सांससदहरुले पनि घटनाको सत्य तथ्य अध्ययनका लागि संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गर्दे आएका थिए। तर संसदीय समिति गठनको प्रक्रिया अघि नबढेपछि शुक्रबारको बैठक सुरुहुने वित्तिकै प्रतिपक्षी दलका सांसदले उभिएर विरोध जनाएका थिए।
लगत्तै सभामुखबाट बोल्ने समय पाएकी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले सरकारले घटनालाई राजनीतिकरण गर्न खोजेकाले प्रतिपक्षी दल संशकित भएको भन्दै संसदीय समिति गठन को माग गरिएको बताउनुयो।
उहाँले घटनाबारे गृहमन्त्री रामबहादुर थापाले दिएको अभिव्यक्ति तथा अपराध अनुसन्धान गर्ने सरकारी निकायका भनाईले पछिल्लो घटना पनि निर्मला पन्तको जस्तै हुने हो कि भन्ने शंका उब्जाएको टिप्पणी गर्नुभयो।
उहाँले भन्नुभयो “घटनाप्रति गृहमन्त्रीका अभिव्यक्तिहरु, अनुसन्धान गर्ने महान्यायधीवक्ताका अभिव्यक्तिहरु बाट घटनालाई राजनीतिकरण गर्न का लागि , घटनालाई फितलो बनाउनका लागि , घटनाको अनुसन्धानलाई राज्यको प्रभाव पार्नका लागि र यो हल्का बनाउन किसिमबाट जुन अभिव्यक्ति आयो त्यसबाट प्रतिपक्षी दल आशंकित बन्यो, शसंकित भयो।
यो घटनालाई निर्मला पन्तको घटना जस्तै राजनीतिकरण गर्ने , अपराधीलाई उम्काउने , न्याय पाउन नसक्ने पीडीत वर्गले क्षतिपुर्ति नपाउने र फेरी ठूलालाई चैन सानालाई ऐन भन्ने संसदीय समिति गठनको माग गर्न जरुरी भएर प्रतिपक्षी दलले उठाएको हो। यो विषय मानवता र मानवअधिकारको विषय, विभेद र असमानताको विषय भएको हुनाले जब सम्म सर्वदलिय संसदीय विशेष समिति गठन हुदैन हामी यो सदनलाई अगाडि बढाउनका लागि प्रमुख प्रतिपक्षी दलले अगाडि बढाउन सक्क्तैन ।”
अन्तरजातिय प्रेम सम्बन्धको विषयलाई लिएर जेठ १० गते रुकुम पश्चिम चौरजहारीमा भएको घटनामा ६ जनाले ज्यान गुमाएका थिए रासस ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । चाडपर्वको समयमा सुरक्षित यात्रा सुनिश्चित गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक कनक शाहीको कमाण्डको ट्राफिक प्रहरी टोलीले बाँके नेपालगन्ज राँझा,रत्न राजमार्गमा विशेष चेकजाँच गरेको थियो। १७१ वटा सार्वजनिक सवारी चेकजाँच* गर्दा ६२ वटा अतिरिक्त सिट/मुढा फेला पारी निकालिएको छ र ट्राफिक नियम उल्लंघन गर्ने ३५ वटा सवारीलाई कारबाही* […]

सुनसरी । लागुऔषध बरामद गर्ने क्रममा सुरक्षाकर्मीले मोटरसाइकलमा कालो प्लास्टिकको पोको राखेको भिडिओ सामाजिक सञ्जालमा प्रसारित भएपछि सशस्त्र प्रहरीले त्यसबारे स्पष्टीकरण दिएको छ। भुइँमा खसेको लागुऔषधको पोका टिपेर मोटरसाइकलमै राखिएको दृश्यलाई गलत अर्थ लगाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताएका छन्। उनका अनुसार कात्तिक ४ गते दिउँसो करिब साढे २ बजे सशस्त्र प्रहरी […]

  दाङ । भालुवाङ इलाका प्रहरी कार्यालय भालुवाङ दाङले चेकजाँचका क्रममा बिलबिजक नभएका विभिन्न सामानहरू बरामद गरेको छ। प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ क्षेत्रमा नियमित चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा ल्याइँदै गरेका सामानको बिलबिजक माग्दा पेस गर्न नसकेपछि बरामद गरिएको हो। बरामद सामान आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा पठाइने प्रक्रिया अघि बढाइएको इलाका […]