०९ भाद्र २०८३, मंगलबार
25-08-2026 , Tue
×

सार्वजनिक स्थानमा जाँदा अनुबार्य मास्क लगाउन डब्ल्यूएचओको निर्देशन

Logo
प्रकाशित शनिबार, जेठ २४, २०७७

एबिसी संचार
काठमाडौँ विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सार्वजनिक स्थानमा जाँदा अनिवार्य मास्क लगाउन निर्देशन दिएको छ।
यसअघि स्वस्थ व्यक्तिले मास्क लगाउन नपर्ने बताएको डब्ल्यूएचओले सामाजिक दुरी कायम गर्न सम्भव नहुने स्थानहरुमा जाँदा मास्क लगाउन निर्देशिका जारी गरेको छ।
सार्वजनिक यातायात, बजार, शरणार्थी शिविर जस्ता स्थानमा जाँदा कम्तिमा घरमै बनाइएको कपडाको मास्क भए पनि लगाउन डब्ल्यूएचओले निर्देशन दिएको हो। यो नियम विश्वका धेरैजसो देशहरुले यसअघि नै लागु गरिसकेका छन्।
डब्लुएचओका कोभिड–१९ सम्बन्धमा प्रमुख प्राविधिक विज्ञ डा मारिया भान केर्खोभले कपडाको मास्क मात्रै लगाउँदा पनि कोरोना भाइरस मिसिएका थुकका छिटाहरुबाट केही हदसम्म जोगिन सकिने उल्लेख गरेकी छन्। तर ६० वर्षभन्दा बढी उमेरका व्यक्तिहरुले भने मेडिकल मास्क लगाउर्नैपर्ने डब्ल्यूएचओले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रूपमा मलाई अत्यधिक मतका साथ सदस्य पदमा विजयी गराउनुहुने सम्पूर्ण उद्योगी-व्यवसायी,पत्रकार मतदाता, सहयोगी, साथीभाइ तथा शुभचिन्तकहरूमा हृदयदेखि नै हार्दिक धन्यवाद ज्ञापन गर्दछु। तपाईंहरूले दिनुभएको अमूल्य समय, साथ र विश्वासले मेरो काँधमा अझ ठूलो जिम्मेवारी थपेको छ। यो विजय मेरो मात्र नभई नेपालगञ्जका सम्पूर्ण व्यवसायीको जित हो। […]

हेटौँडा । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले विपद्का बेला आदेशको प्रतीक्षा गरेर नबस्न र परिस्थितिको गाम्भीर्यता बुझेर तत्काल परिचालित हुन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरको नवौँ वार्षिकोत्सव समारोहमा बाेल्दै महानिरीक्षक पौडेलले विपद् व्यवस्थापनमा सक्रिय र तत्काल परिचालन हुन निर्देशन दिएका हुन् । उनले […]

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूद्वारा भर्चुअल माध्यमबाट नेपाल प्रहरीका सबै ब्यूरोहरू, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, का.उ.प्र.का. रानीपोखरी, सबै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, नेपाल प्रहरी शिक्षालय, भरतपुर, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय, जर्गाह, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ, […]