२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

ऐतिहासिक रानीपोखरीको निर्माण कार्य अन्तिम चरणमा

Logo
प्रकाशित सोमबार, जेठ २६, २०७७

एबिसी संचार
काठमाडौँ भूकम्पले क्षतिग्रस्त धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महìवको रानीपोखरीको निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । बन्दाबन्दी हुँदाहुँदै पनि तीव्र गतिमा काम भइरहेको रानीपोखरी निर्माणको काममध्ये पोखरी निर्माणको काम ९७ प्रतिशत सम्पन्न भएको छ । यो साताभित्र पोखरी निर्माणको काम सम्पन्न हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
अहिले पोखरीको पिँधमा बालुवा, कालो माटो र इँटा बिच्छ्याउने कार्य जारी रहेको बताउँदै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका निर्माण विज्ञ राजुमान मानन्धरले पोखरीको पिँधमा पहिलो तहमा बालुवा छर्ने, दोस्रो तहमा कालो माटो १५ इन्चसम्म राख्ने र तेस्रो तहमा प्रताप मल्लका पालाका ‘महापा’ इँटाले सोलिङको काम भइरहेको छ भन्नुभयो । ‘महापा’ इँटा भक्तपुरको दक्षिण बराहीबाट मगाइएको छ ।
उहाँका अनुसार पोखरीको पिँधमा सोलिङको काम सम्पन्न भइसकेपछि पोखरी क्षेत्रमा जडान गरिएको बोरिङबाट पानी राखिने काम सुरु गरिनेछ । पोखरी क्षेत्रमा दुईवटा बोरिङ जडान गरिएका छन् । बोरिङ चलाउन ‘थ्री फेज’ विद्युत्को लाइन आवश्यक पर्छ, जसको जडान गर्न नेपाल विद्युत् प्राधिकरणसँग औपचारिक प्रक्रिया सुरु भइसकेको छ ।
त्यसैगरी टुँडिखेलमा रहेको इनारबाट पनि पानी तानिनुका साथै आकाशे पानी सङ्कलन गर्न रानीपोखरी क्षेत्रमा ‘रेन वाटर हार्भेस्टिङ’ प्रणाली जडान गरिएको छ । वर्षाको समयमा सडकको पानी पोखरीमा पस्न नपाउने गरी निर्माण गरिएको उहाँले बताउनुभयो । अब रानीपोखरीको पानी सफा हुने उहाँले स्पष्ट पार्नुभयो ।
तीन करोड लिटर पानी
रानीपोखरीमा कुल तीन करोड लिटर पानी राखिने योजना रहेको प्राधिकरणका निर्माण विज्ञ मानन्धरले बताउनुभयो । पोखरीमा पाँच फिट चार इन्च पानीको गहिराइ रहनेछ । पोखरीको पुरातात्विक महìवलाई ध्यान दिँदै पूर्ण रूपमा निर्माणको कार्य प्रताप मल्लको पालाको जस्तै गरी बनाइएको छ । उहाँले छड, सिमेन्ट लगायत कुनै पनि आधुनिक निर्माण सामग्रीको प्रयोग नगरिएको स्पष्ट पार्नुभयो । उहाँका अनुसार पोखरीको भित्ता निर्माणमा ‘महापा’ इँटाको प्रयोग गर्ने गरिएको र प्रताप मल्लको पालाको नमुना अनुसार ‘महापा’ इँटालाई माछाकाँडे आकारको कटिङ गरी बिच्छ्याउने काम भइरहेको छ ।
मानन्धरले पोखरी सुन्दर बनाउने क्रममा पोखरीभन्दा माथि दुई तहमा काम भइरहेको छ । एउटा तहमा इँटा छाप्ने काम ९० प्रतिशत सम्पन्न भइसकेको छ । भित्ताको काम सम्पन्न भइसकेको छ । त्यसैगरी दोस्रो तहमा ढुङ्गा छाप्ने काम मात्र बाँकी छ । ढुङ्गा छाप्ने काम अबको केही दिनभित्र सुरु हुन्छ भन्नुभयो । दोस्रो तहमा निर्माण भइरहेका आठवटा भ¥याङको फिनिसिङको काम अन्तिम चरणमा पुगेको छ । पोखरी निर्माणमा अहिलेसम्म सात करोड ८५ लाख रुपियाँ खर्च भइसकेको छ ।
मन्दिरको काम आधा सम्पन्न
रानीपोखरीमा निर्माणाधीन मन्दिरको निर्माण कार्य ५० प्रतिशत सम्पन्न भइसकेको निर्माण विज्ञ मानन्धरले जानकारी दिनुभयो । मन्दिर निर्माणमा अहिलेसम्म सात करोड रुपियाँ खर्च भइसकेको छ । रानीपोखरीको बीचमा शिखर शैलीमा बालगोपालेश्वरको मन्दिर निर्माण भइरहेको छ । मन्दिरमा बिजुलीको तार जडान भइसकेको छ । मन्दिर निर्माणमा कीर्तिपुर र चोभारका विशेषज्ञ कालीगढ मात्र संलग्न छन् ।
वैशाखभित्र नै प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन गर्न लगाई रानीपोखरी सञ्चालनमा ल्याउने कार्यक्रम रहेकोमा बन्दाबन्दीका कारण काम सम्पन्न हुन ढिलो भएको हो । बन्दाबन्दीमा पनि काम निरन्तर गरिएको बताउँदै उहाँले जनशक्तिको अभावमा पूर्ण रूपमा काम हुन नसकेको स्पष्ट पार्नुभयो ।
विज्ञ मानन्धरका अनुसार आगामी भाइटीकाबाट सबै नागरिकका लागि रानीपोखरी तथा बालगोपालेश्वर मन्दिर सञ्चालनमा आउनेछन् । पूजा गर्न पाइनेछ, दाजुभाइ, दिदीबहिनीले भाइटीका गर्न सक्छन् । मन्दिर निर्माणमा ८६ जनाको जनशक्तिले काम गरिरहेकोमा अहिले १९ जना र पोखरी निर्माणमा अहिले एक इन्जिनियर र २५ कामदार कार्यरत छन् । बन्दीबन्दी भए पनि निर्माण सामग्रीको अभाव भने छैन । सभार गोर्खापत्रबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]