०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

ऐतिहासिक रानीपोखरीको निर्माण कार्य अन्तिम चरणमा

Logo
प्रकाशित सोमबार, जेठ २६, २०७७

एबिसी संचार
काठमाडौँ भूकम्पले क्षतिग्रस्त धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महìवको रानीपोखरीको निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । बन्दाबन्दी हुँदाहुँदै पनि तीव्र गतिमा काम भइरहेको रानीपोखरी निर्माणको काममध्ये पोखरी निर्माणको काम ९७ प्रतिशत सम्पन्न भएको छ । यो साताभित्र पोखरी निर्माणको काम सम्पन्न हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
अहिले पोखरीको पिँधमा बालुवा, कालो माटो र इँटा बिच्छ्याउने कार्य जारी रहेको बताउँदै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका निर्माण विज्ञ राजुमान मानन्धरले पोखरीको पिँधमा पहिलो तहमा बालुवा छर्ने, दोस्रो तहमा कालो माटो १५ इन्चसम्म राख्ने र तेस्रो तहमा प्रताप मल्लका पालाका ‘महापा’ इँटाले सोलिङको काम भइरहेको छ भन्नुभयो । ‘महापा’ इँटा भक्तपुरको दक्षिण बराहीबाट मगाइएको छ ।
उहाँका अनुसार पोखरीको पिँधमा सोलिङको काम सम्पन्न भइसकेपछि पोखरी क्षेत्रमा जडान गरिएको बोरिङबाट पानी राखिने काम सुरु गरिनेछ । पोखरी क्षेत्रमा दुईवटा बोरिङ जडान गरिएका छन् । बोरिङ चलाउन ‘थ्री फेज’ विद्युत्को लाइन आवश्यक पर्छ, जसको जडान गर्न नेपाल विद्युत् प्राधिकरणसँग औपचारिक प्रक्रिया सुरु भइसकेको छ ।
त्यसैगरी टुँडिखेलमा रहेको इनारबाट पनि पानी तानिनुका साथै आकाशे पानी सङ्कलन गर्न रानीपोखरी क्षेत्रमा ‘रेन वाटर हार्भेस्टिङ’ प्रणाली जडान गरिएको छ । वर्षाको समयमा सडकको पानी पोखरीमा पस्न नपाउने गरी निर्माण गरिएको उहाँले बताउनुभयो । अब रानीपोखरीको पानी सफा हुने उहाँले स्पष्ट पार्नुभयो ।
तीन करोड लिटर पानी
रानीपोखरीमा कुल तीन करोड लिटर पानी राखिने योजना रहेको प्राधिकरणका निर्माण विज्ञ मानन्धरले बताउनुभयो । पोखरीमा पाँच फिट चार इन्च पानीको गहिराइ रहनेछ । पोखरीको पुरातात्विक महìवलाई ध्यान दिँदै पूर्ण रूपमा निर्माणको कार्य प्रताप मल्लको पालाको जस्तै गरी बनाइएको छ । उहाँले छड, सिमेन्ट लगायत कुनै पनि आधुनिक निर्माण सामग्रीको प्रयोग नगरिएको स्पष्ट पार्नुभयो । उहाँका अनुसार पोखरीको भित्ता निर्माणमा ‘महापा’ इँटाको प्रयोग गर्ने गरिएको र प्रताप मल्लको पालाको नमुना अनुसार ‘महापा’ इँटालाई माछाकाँडे आकारको कटिङ गरी बिच्छ्याउने काम भइरहेको छ ।
मानन्धरले पोखरी सुन्दर बनाउने क्रममा पोखरीभन्दा माथि दुई तहमा काम भइरहेको छ । एउटा तहमा इँटा छाप्ने काम ९० प्रतिशत सम्पन्न भइसकेको छ । भित्ताको काम सम्पन्न भइसकेको छ । त्यसैगरी दोस्रो तहमा ढुङ्गा छाप्ने काम मात्र बाँकी छ । ढुङ्गा छाप्ने काम अबको केही दिनभित्र सुरु हुन्छ भन्नुभयो । दोस्रो तहमा निर्माण भइरहेका आठवटा भ¥याङको फिनिसिङको काम अन्तिम चरणमा पुगेको छ । पोखरी निर्माणमा अहिलेसम्म सात करोड ८५ लाख रुपियाँ खर्च भइसकेको छ ।
मन्दिरको काम आधा सम्पन्न
रानीपोखरीमा निर्माणाधीन मन्दिरको निर्माण कार्य ५० प्रतिशत सम्पन्न भइसकेको निर्माण विज्ञ मानन्धरले जानकारी दिनुभयो । मन्दिर निर्माणमा अहिलेसम्म सात करोड रुपियाँ खर्च भइसकेको छ । रानीपोखरीको बीचमा शिखर शैलीमा बालगोपालेश्वरको मन्दिर निर्माण भइरहेको छ । मन्दिरमा बिजुलीको तार जडान भइसकेको छ । मन्दिर निर्माणमा कीर्तिपुर र चोभारका विशेषज्ञ कालीगढ मात्र संलग्न छन् ।
वैशाखभित्र नै प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन गर्न लगाई रानीपोखरी सञ्चालनमा ल्याउने कार्यक्रम रहेकोमा बन्दाबन्दीका कारण काम सम्पन्न हुन ढिलो भएको हो । बन्दाबन्दीमा पनि काम निरन्तर गरिएको बताउँदै उहाँले जनशक्तिको अभावमा पूर्ण रूपमा काम हुन नसकेको स्पष्ट पार्नुभयो ।
विज्ञ मानन्धरका अनुसार आगामी भाइटीकाबाट सबै नागरिकका लागि रानीपोखरी तथा बालगोपालेश्वर मन्दिर सञ्चालनमा आउनेछन् । पूजा गर्न पाइनेछ, दाजुभाइ, दिदीबहिनीले भाइटीका गर्न सक्छन् । मन्दिर निर्माणमा ८६ जनाको जनशक्तिले काम गरिरहेकोमा अहिले १९ जना र पोखरी निर्माणमा अहिले एक इन्जिनियर र २५ कामदार कार्यरत छन् । बन्दीबन्दी भए पनि निर्माण सामग्रीको अभाव भने छैन । सभार गोर्खापत्रबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!