२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

वन्यजन्तुको सिकार गर्न तस्करहरुले नयाँ उपाय अपनाउन थाले पछी

Logo
प्रकाशित सोमबार, जेठ २६, २०७७

महेन्द्र सिंह
बर्दियामा लकडाउनको बेला वन्यजन्तुको सिकार गर्न तस्करहरुले नयाँ नयाँ उपाय अपनाउन थालेका छन् । विगतमा बन्दुक र पासो प्रयोग गरेर वन्यजन्तुको सिकार गर्दै आएका सिकारीहरुले अब कुकुर प्रयोग गरेर वन्यजन्तुको सिकार गर्ने गरेको पाइएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जले सिकारी कुकुरसहित एक जना वन्यजन्तु सिकारीलाई पक्राउ गरेपछि सिकारीको नयाँ शैली पत्ता लागेको हो । निकुञ्जको गस्ती टोलीले बासगढी–२ बेतहनी इलाकाबाट सिकारी कुकुर सहित एक जनालाई प्रत्राउ गरेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।
वन्यजन्तुको सिकारमा बन्दुकको प्रयोग गर्दा आवाज आउने र धेरैले थाहा पाउने भएकाले सिकारीहरुले कुकुरको प्रयोग गर्ने उपाय अपनाएको हुन सक्ने प्रमुख संरक्षण अधिकृत बरालले बताए । उनले भने, ‘ चित्तललगायतका जनावरलाई लखेटेर मार्न नसकिने भएपछि तस्करले सिकारी कुकुर प्रयोग गरेका हुन सक्छन् ।’
लकडाउनको बेला बर्दिया राष्ट्रिय निकुञ्जले सुरक्षा गस्तीलाई झनै चुस्त बनाएको छ । जसका कारण लकडाउनको मौका छोपेर निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा वन तथा वन्यजन्तुको तस्करीमा लागेका तस्कर धमाधम पक्राउ पर्न थालेका छन् ।
यसैसात निकुञ्जले काठ तस्करीमा संलग्न रहेका १० जनालाई पनि पक्राउ गरेको छ । निकुञ्ज क्षेत्रमा पर्ने नदी तथा खोलामा अवैधरुपमा माछा मार्ने ५ जना पनि पक्राउ गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालले जानकारी दिए ।
अवैधरुपमा काठ चोरीनिकासी गर्ने बासगढी नगरपालिका ४ का ७ जना, ठाकुरबाबा १ का १ जना बारबर्दिया ८ का २ जना गरि १० जनालाई पक्राउ गरिएको निकुञ्जले जनाएको छ । यसैगरी निकुञ्ज क्षेत्रमा पर्ने नदी तथा खोलामा अवैधरुपमा माछा मार्ने बारबर्दिया ८ का ५ जनालाई पक्राउ गरिएको छ । पक्राउ परेका सबैलाई निकुञ्जको मुख्यालयमा रहेको थुनुवा कक्षमा राखिएको छ । उनीहरु उपर थप अनुसन्धान भइरहेको निकुञ्जले जनाएको छ ।
लकडाउनको मौका छोपेर निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका विभिन्न स्थानमा तस्करहरु वन तथा वन्यजन्तुका अवैध क्रियाकलापमा संलग्न रहेको पाइएपछि निकुञ्जले सुरक्षामा थप कडाइ तथा सुरक्षा सर्तकता पनि बढाएको छ । वन्यजन्तुको तस्करीलाई रोक्न निकुञ्ज प्रशासनले यतीखेर सेना र निकुञ्जका कर्मचारी परिचालन गरि निकुञ्ज भित्र स्विप अपरेशन, पट्रोलिङ, एम्बुसिङ र क्यामेरा ट्रयापिङ जस्ता कार्यलाई प्रभावकारी ढंगले अघि बढाएको निकुञ्जले जनाएको छ ।
मुलुकमा लकडाउन भएयता निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा वन तथा वन्यजन्तु सम्वन्धी अवैध कार्य गर्ने करिव ७ सय भन्दा बढीलाई पक्राउ गरि आवश्यक कारवाही गरिएको निकुञ्जले जनाएको छ ।
(राजधानी दैनिकबाट)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!