२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

कर्मचारी उच्च जोखिममा रहेको भन्दै सन्धिखर्क नगरपालिकाको सम्पूर्ण सेवा बन्द

Logo
प्रकाशित मंगलबार, जेठ २७, २०७७

एबिसी संचार
अर्घाखाँची मङ्गलवारदेखि सन्धिखर्क नगरपालिकाको सम्पूर्ण कामकाज बन्द हुने भएको छ।
नगरपालिकाका एक व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाले पछिल्लो १० दिनभित्र कार्यालयमा आई नियमित काम गरेका सम्पूर्ण कर्मचारीहरूलाई होम क्वारेनटाइनमा बस्न आग्रह गरेको छ।
कर्मचारीहरूको मङ्गलवार स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइने र त्यसको रिपोर्ट नआउँदासम्म कार्यालयको सम्पूर्ण कामकाज तथा सेवा बन्द रहने प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले जानकारी दिएका छन्।
सन्धिखर्कमा सोमबार वडा नं. ६ र ७ को क्वारेन्टिनमा रहेका २८ जनासहित नगरपालिकाका एक गरी २९ जनामा सङ्क्रमण पुष्टि भएको थियो। सङ्क्रमित सबै जनालाई सोमबार नै सन्धिखर्क नगरपालिकाको हटारीनेटामा रहेको आइसोलेसन राखिएको नगर प्रमुख कमलप्रसाद भुसालले जानकारी दिए। उपप्रमुख भने होम क्वारेन्टाइननमा रहेका छन्। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!