३० फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

कर्णाली प्रदेशका सभामुख शाहीको गाडी खरदीबारे अख्तियारको छानबिन सुरु

Logo
प्रकाशित मंगलबार, जेठ २७, २०७७

एबिसी संचार
खर्च निर्देशिकाविपरीत कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीका लागि गाडी खरिद गरिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । गाडी खरिदसम्बन्धी परेको उजुरी र सञ्चारमाध्यममा प्रकाशित समाचारलाई आधार बनाएर अनुसन्धान थालिएको आयोगले जनाएको छ ।
कर्णाली सरकारले बनाएको खर्च मापदण्ड तथा निर्देशिकाले अधिकतम ७० लाखसम्मको गाडी खरिद गर्न सकिने व्यवस्था गरेको थियो । तर, प्रदेश सभा सचिवालयले निर्देशिका उल्लंघन गर्दै सभामुख शाहीका लागि एक करोड ७२ लाखको गाडी खरिद गरेको थियो । यस विषयमा नयाँ पत्रिकाले २१ जेठमा समाचार प्रकाशन गरेको थियो ।
निर्देशिका उल्लंघन गर्दै गाडी गरिद गरिएकाले प्रदेशको आर्थिक मामिला मन्त्रालयले स्वीकृति दिन अस्वीकार गरेको थियो । त्यसपछि सभामुख शाहीको दबाबमा खर्च निर्देशिका नै संशोधन गरिएको थियो । तर, खरिद प्रक्रिया अघि बढाएपछि मात्रै निर्देशिका संशोधन गरिएको हो । २० मंसिर ०७६ मा गाडी खरिदका लागि टेन्डर सूचना निकालिएको थियो भने त्यसको नौ दिनपछि अर्थात् २९ मंसिर ०७६ मा निर्देशिका संशोधन गरिएको थियो । निर्देशिका संशोधन गरेर त्यसअघिको खरिद प्रक्रिया वैध नहुने सरकारी अधिकारीहरूकै तर्क छ ।
आयोगको सुर्खेत कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले प्रदेश सभा सचिवालयबाट गाडी खरिदसँग सम्बन्धित कागजात मागिएको बताए । थप कागजात माग गर्दै अख्तियारले सोमबार पनि सचिवालयलाई पत्राचार गरेको छ । ‘अनुसन्धानका लागि माग गरेका कागजात अपुग भएकाले फेरि पत्र लेखेर पठाइएको छ,’ सापकोटाले भने, ‘कागजात आएपछि विस्तृत अनुसन्धान गर्छौँ । नयाँ पत्रिकाबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!