२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

कर्णाली प्रदेशका सभामुख शाहीको गाडी खरदीबारे अख्तियारको छानबिन सुरु

Logo
प्रकाशित मंगलबार, जेठ २७, २०७७

एबिसी संचार
खर्च निर्देशिकाविपरीत कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीका लागि गाडी खरिद गरिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । गाडी खरिदसम्बन्धी परेको उजुरी र सञ्चारमाध्यममा प्रकाशित समाचारलाई आधार बनाएर अनुसन्धान थालिएको आयोगले जनाएको छ ।
कर्णाली सरकारले बनाएको खर्च मापदण्ड तथा निर्देशिकाले अधिकतम ७० लाखसम्मको गाडी खरिद गर्न सकिने व्यवस्था गरेको थियो । तर, प्रदेश सभा सचिवालयले निर्देशिका उल्लंघन गर्दै सभामुख शाहीका लागि एक करोड ७२ लाखको गाडी खरिद गरेको थियो । यस विषयमा नयाँ पत्रिकाले २१ जेठमा समाचार प्रकाशन गरेको थियो ।
निर्देशिका उल्लंघन गर्दै गाडी गरिद गरिएकाले प्रदेशको आर्थिक मामिला मन्त्रालयले स्वीकृति दिन अस्वीकार गरेको थियो । त्यसपछि सभामुख शाहीको दबाबमा खर्च निर्देशिका नै संशोधन गरिएको थियो । तर, खरिद प्रक्रिया अघि बढाएपछि मात्रै निर्देशिका संशोधन गरिएको हो । २० मंसिर ०७६ मा गाडी खरिदका लागि टेन्डर सूचना निकालिएको थियो भने त्यसको नौ दिनपछि अर्थात् २९ मंसिर ०७६ मा निर्देशिका संशोधन गरिएको थियो । निर्देशिका संशोधन गरेर त्यसअघिको खरिद प्रक्रिया वैध नहुने सरकारी अधिकारीहरूकै तर्क छ ।
आयोगको सुर्खेत कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले प्रदेश सभा सचिवालयबाट गाडी खरिदसँग सम्बन्धित कागजात मागिएको बताए । थप कागजात माग गर्दै अख्तियारले सोमबार पनि सचिवालयलाई पत्राचार गरेको छ । ‘अनुसन्धानका लागि माग गरेका कागजात अपुग भएकाले फेरि पत्र लेखेर पठाइएको छ,’ सापकोटाले भने, ‘कागजात आएपछि विस्तृत अनुसन्धान गर्छौँ । नयाँ पत्रिकाबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(सैलेस बम ) दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । यहाँस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि भन्सार छली ल्याइएको खाद्य तथा दैनिक उपभोग्य तथा अन्य सामग्री गरी रु ७७ लाख ५१ हजार तीन सय ४६ मूल्य बराबरको सामान […]

(एबिसि संचार )                                                                प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा वैशाख ११ देखि १३ गतेसम्म संचालन भएको ‘१९औं हेड अफ एनसीबी […]

(रबि बर्णवाल ) वीरगन्जमा रहेको नबिल बैंकबाट एक करोडभन्दा बढी रकम चोरी भएको छ ।आइतबार राती बैंकबाट एक करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएपछि बैंकले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको छ। वेल्डीङ गर्ने मेसिनले टिनको बक्सा काटेर पैसा चोरी गरेको देखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।