१० भाद्र २०८३, बुधबार
26-08-2026 , Wed
×

बाँकेको एक क्वारेन्टाईनमा बसेका युवालाई सर्पले टोके पछी ??

Logo
प्रकाशित मंगलबार, जेठ २७, २०७७

महेन्द्र सिंह जानकी गाँउपालिका १ बढौयामा रहेको क्वारेन्टाईनमा बस्दै आएका एक युवालाई सर्पले डसेको हो । नेपाल राष्ट्रिय प्रा.विमा निर्माण गरीएको क्वारेन्टाईनमा अहिलेसम्म तिन पटक सर्पले आतङ्क मच्चाएको वडाध्यक्ष मोहम्मद रजा राईले जानकारी दिए ।
१९ जनालाई राखिएको उक्त क्वारेन्टाईन स्थलमा पटक-पटक सर्प देखिदैं आएका थिए । सोमबार राती १० बजे क्वारेन्टाईनमा रहेका ब्यक्तिलाई ग्राईच नामको विषालु सर्पले टोकेको वडाध्यक्ष राईले बताए । सर्पले टोकेलगत्तै उपचारको प्रयास गरेपनि सम्बन्धित पक्षले आफुलाई सहयोग नगरेको वडाध्यक्ष राईले गुनासो गरे ।
बिरामीलाई अस्पताल लैजानकालागि एम्बुलेन्स मगाउँदा समेत कसैले चासो नदेखाएको राईले बताए । गाँउपालिका प्रमुख, स्वास्थ्य शाखा प्रमुख, जिल्ला स्वास्थ्य कार्यालयका जिम्मेवार पदाधिकारी सबैलाई राती नै सम्पर्क गर्न खोजेपनि कोही सम्पर्कमा नआएपछि मंगलबार बिहान मात्रै ति ब्यक्तिलाई भेरी अस्पताल लगिएको वडाध्यक्ष राईले बताए ।
रातीको समयमा अस्पताल लैजान सम्भव नभएपछि स्थानिय गुरुवाको मद्धत्तले विष झार्ने काम गरीएको र बिहान एम्बुसेन्स मगाएर अस्पताल पठाइएको राईले जानकारी दिए ।
आफ्नो वडामा आईसोलेशन सहितका ४ वटा क्वारेन्टाईन राखीएपनि न्युनतम सुविधाको समेत ब्यवस्था नगरिएको प्रति वडाध्यक्ष राईले आक्रोश ब्यक्त गरे । ‘आईसुलेशन सेन्टरमा चिकित्सक र एउटा एम्बुलेन्स अनिवार्य हुनुपर्ने हो’ राईले भने ‘तर यहाँ न त चिकित्सक नै बस्नुहुन्छ, न त एम्बुलेन्सको सुविधा छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । हर्ड इन्टरनेसनलको पराग सेचन परियोजनाअन्तर्गत घोराही उपमहानगरपालिका–१४ स्थित लखन पार्कमा पराग सेचनका लागि उपयोगी बहुमूल्य फूल तथा अत्यावश्यक वनस्पतिका बिरुवा रोपिएको छ। परियोजनाले आगामी तीन वर्षसम्म पार्कमा आवश्यक पर्ने विभिन्न जातका फूल तथा वनस्पतिका बिरुवा उपलब्ध गराउने भएको छ। परियोजनाअन्तर्गत मंगलबार आयोजित कार्यक्रममा लखन पार्क परिसरमा विभिन्न प्रजातिका फूल तथा वनस्पतिका बिरुवा वृक्षारोपण […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलिले गोप्य सूचनाको आधारमा नेपालगञ्ज उपमहानगरपालिका–१० आदर्शनगर र वडा नं. २ सुर्खेत रोडस्थित ३ वटा स्पा सेन्टरमा छापा मारेर भारतीय नागरिक गुडिया खान, दुर्गा थारु तर्कराज देवकोटालाई पक्राउ गरेको छ। उनीहरूले विभिन्न उमेरका नाबालिकालाई गैरकानुनी रूपमा स्पामा काममा लगाएको आरोप छ। बाँके प्रहरीले पीडित बालबालिकाको उद्धार गरेको […]

बाँके । सशस्त्र प्रहरी बल, नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक आईजिपी नारायण दत्त पौडेलद्वारा बाँके बर्दिया स्थित सशस्त्र प्रहरी बलका विभिन्न युनिटहरूको औपचारिक निरीक्षण भ्रमण गर्नुभएको छ । निरीक्षणका क्रममा भएका मुख्य कामहरू: बाँके र बर्दियाका विभिन्न बीओपी, गुल्म र बाहिनी मुख्यालयको स्थलगत निरीक्षण गर्दै सुरक्षा व्यवस्था, ब्यारेक, अभिलेख र हातहतियारको अवस्थाबारे जानकारी लिनुभयो। आवश्यक […]