२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बाँकेको एक क्वारेन्टाईनमा बसेका युवालाई सर्पले टोके पछी ??

Logo
प्रकाशित मंगलबार, जेठ २७, २०७७

महेन्द्र सिंह जानकी गाँउपालिका १ बढौयामा रहेको क्वारेन्टाईनमा बस्दै आएका एक युवालाई सर्पले डसेको हो । नेपाल राष्ट्रिय प्रा.विमा निर्माण गरीएको क्वारेन्टाईनमा अहिलेसम्म तिन पटक सर्पले आतङ्क मच्चाएको वडाध्यक्ष मोहम्मद रजा राईले जानकारी दिए ।
१९ जनालाई राखिएको उक्त क्वारेन्टाईन स्थलमा पटक-पटक सर्प देखिदैं आएका थिए । सोमबार राती १० बजे क्वारेन्टाईनमा रहेका ब्यक्तिलाई ग्राईच नामको विषालु सर्पले टोकेको वडाध्यक्ष राईले बताए । सर्पले टोकेलगत्तै उपचारको प्रयास गरेपनि सम्बन्धित पक्षले आफुलाई सहयोग नगरेको वडाध्यक्ष राईले गुनासो गरे ।
बिरामीलाई अस्पताल लैजानकालागि एम्बुलेन्स मगाउँदा समेत कसैले चासो नदेखाएको राईले बताए । गाँउपालिका प्रमुख, स्वास्थ्य शाखा प्रमुख, जिल्ला स्वास्थ्य कार्यालयका जिम्मेवार पदाधिकारी सबैलाई राती नै सम्पर्क गर्न खोजेपनि कोही सम्पर्कमा नआएपछि मंगलबार बिहान मात्रै ति ब्यक्तिलाई भेरी अस्पताल लगिएको वडाध्यक्ष राईले बताए ।
रातीको समयमा अस्पताल लैजान सम्भव नभएपछि स्थानिय गुरुवाको मद्धत्तले विष झार्ने काम गरीएको र बिहान एम्बुसेन्स मगाएर अस्पताल पठाइएको राईले जानकारी दिए ।
आफ्नो वडामा आईसोलेशन सहितका ४ वटा क्वारेन्टाईन राखीएपनि न्युनतम सुविधाको समेत ब्यवस्था नगरिएको प्रति वडाध्यक्ष राईले आक्रोश ब्यक्त गरे । ‘आईसुलेशन सेन्टरमा चिकित्सक र एउटा एम्बुलेन्स अनिवार्य हुनुपर्ने हो’ राईले भने ‘तर यहाँ न त चिकित्सक नै बस्नुहुन्छ, न त एम्बुलेन्सको सुविधा छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!