१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
×

नेपाल फर्कन चाहनेहर बिदेशबाट ५० हजार ९३ जनाको निवेदन

Logo
प्रकाशित बुधबार, जेठ २८, २०७७

एबिसी संचार
काठमाडौँ कोरोना भाइरसको सङ्कटका कारण नेपाल फर्कन चाहनेहरू विभिन्न मुलुकबाट कुल ५० हजार ९३ जनाले निवेदन दिएका छन् । जसमध्ये प्राथमिकताका आधारमा परराष्ट्र मन्त्रालयले २४ हजार १४८ जनालाई मात्र फर्कन पाउने सिफारिस गरेको छ ।
भिसा अवधि समाप्त भएका, श्रम करार सकिएको, तालिम तथा भ्रमणमा गएका, काजकिरियामा आउनुपर्ने, बिरामी तथा वृद्धवृद्धा तथा अशक्त रहेका र आममाफी पाएर फर्कन खोजेकालाई पहिलो प्राथमिकतामा राखेर फर्कने व्यवस्था मिलाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयले कोभिड–१९ सङ्कट व्यवस्थापन समितिलाई पठाएको सूची अनुसार युएइबाट मात्र १७ हजार ३७५ ले फर्कन चाहना राखेका छन् । जसमध्ये ४१० जनाले फर्कने सिफारिस प्राप्त गरेका छन् । त्यस्तै, बहराइनबाट एक हजार ११८ मध्ये ३७२ जनाले फर्कने अनुमति पाएका छन्
मलेसियाबाट फर्कन चाहेका छ हजार ४२५ मध्ये सबैले फर्कन सिफारिस पाएका छन् । कतारबाट आठ हजार ३७० मध्ये तीन हजार ६०८ जना फर्कन पाउने भएका छन् । कुवेतबाट ७९९१ मध्ये दुई हजार ९९१ जनाले फर्कन पाउने भएका छन् । साउदी अरबको रियादबाट छ हजार ५४४ मध्ये दुई हजार १५२ ले र साउदीकै जेद्दाबाट फर्कन चाहेका एक हजार १६० जना सबैले फर्कने सिफारिस पाएका छन् ।
त्यसैगरी, निवेदन दिएकामध्ये सबैले फर्कन अनुमति पाएकामा ओमानबाट ६५६ जना, साइप्रसबाट ४७१ जना, बङ्गलादेशबाट ८६० जना, श्रीलङ्काबाट ३६ जना, मालदिभ्सबाट ७२४, पाकिस्तानबाट १२५ र कम्बोडियाबाट १४१ जना रहेका छन् । सिङ्गापुरबाट ६१ जना, थाइल्याण्डबाट ३५७ जना, भियतनामबाट चार जना, लाओसबाट दुई जना, दक्षिण कोरियाबाट २८२ जना, जापानबाट ९१६ जना, इजरायलबाट ३९ जना, अष्ट्रेलियाबाट एक हजार तीन सय जना, अमेरिबाट ६४६ जना, बेलायतबाट ४९ जना, क्यानडाबाट ७८्र जना, डेनमार्कबाट ७६ जना फर्कँदैछन् । त्यस्तै, युगाण्डाबाट १६१ जना, नाइजेरियाबाट ९७ जना, सुडानबाट ३१ जना, दक्षिण सुडानबाट १८ जना र मोरक्कोबाट ६९ जनाले फर्कने अनुमति पाएका छन् ।
विभिन्न मुलुकबाट पहिलो चरणमा ३१ वटा जहाजको फ्लाइटले विदेशमा अलपत्र नेपाली फर्काउने तयारी छ । जस अनुसार युएइ, मलेसिया, कुवेत, साउदीको रियाद, कतार, अमेरिका र बेलायतबाट दुई/दुई वटा उडान हुनेछ । अन्य देशबाट एक/एक फ्लाइट हुनेछ । पहिलो चरणमा पाँचदेखि सात वटा जहाज उडानबाट आउने नेपालीको सहज व्यवस्थापन गरिने जनाइएको छ । त्यसपछि दोस्रो चरणमा परराष्ट्र मन्त्रालय र विदेशस्थित कूटनीतिक नियोगको समन्वय र प्राथमिकतामा उडान हुनेछ । अन्य उडान भने परराष्ट्र र नागरिक उड्डयनको समन्वयमा उडान तय हुने बताइएको छ ।
विभिन्न मुलुकमा अलपत्र परेका नेपाल स्वदेश फर्कने क्रममा मङ्गलबार ११ जना स्वदेश फर्कदैछन् । अस्ट्रलियाबाट राती १०ः४५ बजेको उडानमा उनीहरू स्वदेश फर्कन लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिनुभयो । स्वदेश फर्केका उनीहरूलाई काठमाडौँस्थित एक होल्डिङ सेन्टरमा राखिने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो ।
बुधबार कुवेतबाट तीन सय जना नेपाली नेपाल फर्कँदैछन् । उनीहरू आउने जहाजको समय भने तय भएको छैन । बुधबार बिहानसम्म समय तय हुने जनाइएको छ । गोर्खापत्रबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । वर्तमान समयमा विश्वभर बढ्दो जनसंख्या, सहरीकरण र उपभोगको संस्कृतिका कारण फोहोर व्यवस्थापन ठूलो चुनौती बनेको छ। पहिले फोहोरलाई केवल वातावरण प्रदूषण गर्ने वस्तुका रूपमा हेरिन्थ्यो, तर अहिले यसलाई आर्थिक स्रोतका रूपमा उपयोग गर्ने अवधारणा विकसित भएको छ। “फोहोरबाट मोहर” भन्ने भनाइको अर्थ पनि यही हो—उचित व्यवस्थापन, पुनःप्रयोग (Reuse), पुनर्चक्रण (Recycle) र नयाँ उत्पादनमार्फत […]

केही दिन यता ठगहरूले गर्ने ३ वटा सबैभन्दा धेरै प्रयोग हुने जाल तपाईंको खाता बन्द हुन्छ बैंक, इन्स्योरेन्स, NTC, Ncell को नाममा फोन लक्की ड्रमा पर्नुभयो, उपहार पठाउँछु त्यसको लागि OTP माग्ने SCREEN SHARE गरिदिनुस्” AnyDesk, TeamViewer जस्ता एप डाउनलोड गर्न लगाएर तपाईंको फोन आफैं चलाउने OTP नभन्नुस् बैंक र वालेटले कहिल्यै फोन गरेर OTP […]

बाँके । नेपालगन्ज भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा नेपालगन्ज भन्सार कार्यालयमा तोडफोड र आगजनी हुँदा ६ करोड १६ लाख ५२ हजार ८०८ रुपैयाँ बराबरको नोक्सान भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार चिफ जनार्दन पौडेलले बताएका छन । नोक्सानको विवरणमा के-के परे होलान् भवन र फर्निचर कार्यालयको संरचना,कम्प्युटर कागजात सवारी साधन भन्सार र राजस्वका […]

error: Content is protected !!