०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

जुम्लामा १८ जना कोरोना जितेर घर फर्किए

Logo
प्रकाशित बुधबार, जेठ २८, २०७७

एबिसी संचार
जुम्लामा कोरोना सङ्क्रमित १८ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसीयूमा रहेका १८ जनाको रिपोट नेगेटिभ आएपछि घर फर्किएका हुन् ।
प्रतिष्ठानबाट कोरोनालाई जितेर घर फर्किएपछि उनीहरूले खुसी व्यक्त गरेका छन् । उनीहरूलाई प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्ले, प्रहरी नायब उपरीक्षक लालबहादुर धामीलगायत सरोकारवाला निकायले माला लगाइदिएर बिदाइ गर्नुभएकाे हाे ।
उनीहरूलाई घर फर्किएपछि घरमा अपनाउनुपर्ने सावधानीका लागि ध्यान दिन प्रतिष्ठानका विशेषज्ञ डा. धिरज गुरुङले सुझाव दिनुभएको छ ।
प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले घर फर्किएका सबैलाई बधाई दिँदै अझै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई इतिहासले नायक बनाउने भन्दै हौसला दिनुभयो । प्रतिष्ठानमा अन्य सङ्क्रमितको पुनः पीसीआर परीक्षणको आधारमा घर पठाइने प्रतिष्ठानले जनाएको छ ।गोर्खापत्रबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । भारतले पुरानो सिमा पिलर नयाँ राख्ने निउमा नेपाल तर्फको भाग मिचेर अर्को पिलर खडा गरेको छ । पुरानो पिलरको पुर्वपश्चिम पारेर पनि त नयाँ पिलर राख्न सकिन्छ । पुरानो पिलर भन्दा नयाँ पिलर दक्षिण पार्दा भारतको सिमा मिचिन्छ भने उत्तर तिर पार्दा नेपालको सिमान मिचिन्छ । कहाँ छन राजनीति दलहरु ? कहाँ छ […]

दाङ । भालुवाङ चन्द्रसूर्य हाेटलमा रात्रिकालिन बसका यात्रुलाई बासीभात, गुणस्तरहिन खाना खुवाउने गरेको यात्रुको व्यापक गुनासो सुन्नमा आएको छ । दाङको पूर्वी देउखुरीमा गढवा गाउँपालिका -१, टहँडास्थित होटल चन्द्रसूर्यमा यस्तो अत्यन्तै कमसल खाना दिएको दाङबाट राजधानी काठमाडौं जाने एक यात्रु दशरथ बस्नेतले भिडियोमा प्रत्यक्ष बोलेका छन् ।चलेको दर भाउभन्दा दोब्बर पैसा लिनेे तर खानाको कुनै […]

  काठमाडौं । यदि तपाईंलाई बारम्बार रुघाखोकी लाग्छ भने, सावधान हुनु आवश्यक छ । यदि तपाईंको रोग प्रतिरोधात्मक प्रणाली कमजोर छ भने, रुघाखोकीको समस्याले बारम्बार सताउन सक्छ । त्यसैले कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिहरूले मौसम परिवर्तन हुँदा आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ । रुघाखोकीको समस्याले केही रोगहरूतर्फ संकेत गर्न सक्छ, आउनुहोस् त्यस्ता केही रोगहरूको […]

error: Content is protected !!