२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सुदूपश्चिमका दुई मुख्य नाकाबाट २ हजार ९३० नेपालीहरु नेपाल भित्रिए

Logo
प्रकाशित बुधबार, जेठ २८, २०७७

एबिसी संचार
लम्की मङ्गलबार भारतका विभिन्न ठाँउहरुबाट सुदूपश्चिमका दुई मुख्य नाकाबाट दुई हजार ९३० नेपाली नागरिक नेपाल भित्रिएका छन् भने ५४२ भारतीय नागरिक बाहिरिएका छन् ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब निरीक्षक अम्मर थापाका अनुसार मङ्गलबार गड्डाचौकी नाकाबाट ४२३ नेपाली नागरिक भित्रिएका छन् भने १८३ जना भारतीय नागरिक बाहिरिएका छन् । उक्त नाकाबाट प्रवेश गर्नेको संङ्ख्या घट्दैगएको छ । त्यसैगरी, कैलालीको गौरीफन्टा नाकाबाट भित्रिनेको सङ्ख्या सोमबारको तुलनामा केही घटेको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब निरीक्षक प्रतिक विष्टका अनुसार उक्त नाकाबाट मङ्गलबार दुई हजार ९३० नेपाली नागरिक भित्रिएका छन् भने ३५९ भारतीय नागरिक बाहिरिएका छन् ।
योसँगै सुदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर जेठ २ यता करिब एक लाख तीन हजार हाराहारीमा नेपाली नागरिक नेपाल भित्रिएका छन् भने बाहिरिनेको सङ्ख्या करिब १३ हजार पाँच सय पुगेको छ ।
नेपाल भित्रिएका उनीहरू विभिन्न जिल्लाका स्थानीय तहका क्वारेन्टाइनमा बसेका छन् भने केही परीक्षणपछि घर गएका छन् ।गोर्खापत्रबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!