१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

घर भाईर बोलाएर गोली हानी युवकको हत्या

Logo
प्रकाशित बुधबार, जेठ २८, २०७७

एबिसी संचार धनुषामा गएराति एक जना युवकको हत्या भएको छ । घरमै रहेका बेला बोलाएर २५ वर्षीय अरुण मण्डललाई दुई सय मिटर पर पुगेपछि गोली हानी हत्या गरीएको हो ।
प्रदेश नं। २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताएअनुसार घटना सबैला नगरपालिका-७ को हो । ‘घर छेउमा पोखरीको डिलमा लगेर गोली हानेको देखिन्छ’, उनले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’
अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय, धनुषाका एक अधिकृतका अनुसार चिनजानकै व्यक्तिले बोलाएपछि उनी घरबाट निस्किएका थिए । त्यसैले व्यक्तिगत रिसिइबीका कारण घटना भएको हुनसक्ने आशंका गरिएको छ ।
यद्यपि, आरोपित पक्राउ परेपछि मात्रै हत्याको कारणबारे खुल्नेछ । प्रहरीका अनुसार मण्डलको कन्चटमा गोली लागेको छ । अनलाईनखबरबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) काठमाडौंको शंखमूलस्थित एक पसलमा आगलागी भएको छ । दोभान पुलनजिक गाडीको वर्कसप र त्यस वरपरका पसलमा आगलागीबाट क्षति पुगेको छ । आगलागीबाट एउटा मोटर ग्यारेज, पानपसल, चियापसल, माछापसल र फलफूल पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जलेको ग्यारेज सँगैको अर्को एउटा ग्यारेजमा समेत आगोले क्षति पु¥याएको प्रहरीले जनाएको छ ।ललितपुर […]

(एबिसि संचार ) नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्ट र शाखा अधिकृत सुरज अर्याल पक्राउ परेका छन् । यातायात व्यवस्था विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स जारी गर्ने काममा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले (सीआईबी)ले उनीहरुलाई शनिबार पक्राउ गरेको हो ।

(एबिसि संचार )                                                                  डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश […]