०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

तेलको ट्यांकरमा मदिरा तस्करी गर्ने दुई जना पक्राउ

Logo
प्रकाशित बुधबार, जेठ २८, २०७७

एबिसी संचार
पर्सा भन्सार छली चोरी निकासी गरी भारततर्फ लैजाँदै गरेको विभिन्न ब्रान्डका मदिराहरु सहित वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ना.२ ख ७३७५ नम्बरको तेल ट्यांकरका चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका-१६ बस्ने ४७ वर्षीय सन्दिप थिङ र सोही उपमहानगरपालिका-२१ बस्ने सहचालक २२ वर्षीय राधे बुढाथोकी रहेका छन् ।
उक्त ट्याङ्करबाट गोल्डेन ओक (क्वाटर) ४८ थान, नेपाल आईस बियर (क्यान) २४ थान, सिग्नेचर (क्वाटर) ३३ थान, ८८४८ भोड्का (क्वाटर) २८ थान प्रहरीले बरामद गरेको हो ।
विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रण तथा रोकथाम गर्न नेपाल सरकारले आह्वान गरेको लकडाउनको मौका पारी उक्त ट्यांकरमा ती मदिराहरु राखेर राजश्व छली चोरी निकासी गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारी जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । भारतले पुरानो सिमा पिलर नयाँ राख्ने निउमा नेपाल तर्फको भाग मिचेर अर्को पिलर खडा गरेको छ । पुरानो पिलरको पुर्वपश्चिम पारेर पनि त नयाँ पिलर राख्न सकिन्छ । पुरानो पिलर भन्दा नयाँ पिलर दक्षिण पार्दा भारतको सिमा मिचिन्छ भने उत्तर तिर पार्दा नेपालको सिमान मिचिन्छ । कहाँ छन राजनीति दलहरु ? कहाँ छ […]

दाङ । भालुवाङ चन्द्रसूर्य हाेटलमा रात्रिकालिन बसका यात्रुलाई बासीभात, गुणस्तरहिन खाना खुवाउने गरेको यात्रुको व्यापक गुनासो सुन्नमा आएको छ । दाङको पूर्वी देउखुरीमा गढवा गाउँपालिका -१, टहँडास्थित होटल चन्द्रसूर्यमा यस्तो अत्यन्तै कमसल खाना दिएको दाङबाट राजधानी काठमाडौं जाने एक यात्रु दशरथ बस्नेतले भिडियोमा प्रत्यक्ष बोलेका छन् ।चलेको दर भाउभन्दा दोब्बर पैसा लिनेे तर खानाको कुनै […]

  काठमाडौं । यदि तपाईंलाई बारम्बार रुघाखोकी लाग्छ भने, सावधान हुनु आवश्यक छ । यदि तपाईंको रोग प्रतिरोधात्मक प्रणाली कमजोर छ भने, रुघाखोकीको समस्याले बारम्बार सताउन सक्छ । त्यसैले कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिहरूले मौसम परिवर्तन हुँदा आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ । रुघाखोकीको समस्याले केही रोगहरूतर्फ संकेत गर्न सक्छ, आउनुहोस् त्यस्ता केही रोगहरूको […]

error: Content is protected !!