११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

दाङको ग्वारखोलामा अख्तियारको अनुगमन एवंम छानबिन

Logo
प्रकाशित बिहिबार, जेठ २९, २०७७

एबिसी संचार
दाङ तुलसीपुर अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगंजको टोलीले दाङको ग्वारखोलामा अनुगमन गरेको छ । मापदण्ड विपरित ग्वारखोलाबाट ढुङ्गा, गिट्टी र बालुवाको उत्खन्न भइरेहेको भन्ने खबरका आधारमा अनुगमन गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगंज सम्पर्क कार्यालयका प्रमुख गणेश गैरले बताए ।
जिल्ला समन्वय समिति दाङले ग्वारखोलामा अनुगमन गरेको भोलीपल्ट अख्तियारको टोलीले अनुगमन गरेको हो । जिल्ला समन्वय समितिले सोमबार अनुगमण गरेको थियो ।
यस्तै अख्तियारको टोलीले तुलसीपुर उपमहागनरपालिकाको राजश्व तथा प्रशासन शाखाबाट आईइइ रिपोर्ट समेत लगेको छ । तुलसीपुर उपमहानगरपालिकाले ग्वारखोलाका विभिन्न ९ स्थानमा आईइइ गरेर ढुङ्गाजन्य वस्तु उत्खन्नका लागि अनुमति दिएको राजश्व तथा प्रशासन शाखा प्रमुख ललित घर्तीले जानकारी दिए ।
यस्तै अख्तियार नेपालगंजका प्रमुख गणेश गैरेले उजुरीका आधारमा अध्यननका लागि आईइइ फाईल झिकाएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सशस्त्र प्रहरी बलले देशभरको भारतसंग जोडिएको सीमा नाकामा APF BIT फोर्स परिचालन, रुपन्देही । भारतसँग सीमा जोडिएको बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन टोली (बीआइटी) परिचालन गरिएको छ। सीमामा आवतजावतलाई सहज बनाउने, मानव बेचबिखन नियन्त्रण गर्ने तथा लागूऔषध र अवैध सामान ओसारपसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा […]

काठमाडौं । जेनजी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीमा भएको गोलीकाण्डको नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री सुधन गुरुङले लिनुपर्ने बताएका छन्। श्रावण सोमबारको स्नानका लागि हिँडेका युवा ओमप्रकाश मेहताको मृत्यु भएको घटनाप्रति आक्रोश व्यक्त गर्दै उनले गृहमन्त्री गुरुङको राजीनामा मागेका हुन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो घटनाको तत्काल जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ, जुन […]

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा राति भएको हिंसात्मक झडपका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक युवकको मृत्यु तथा थप १० जना गम्भीर घाइते भएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ। बोलबम जाने तयारी भइरहेका बेला डिजे बाजा बजाउने विषयमा दुई समुदायबीच भएको विवादले उग्र रूप लिएपछि हिंसात्मक झडप भएको थियो। त्यसपछि स्थिति नियन्त्रणमा […]

error: Content is protected !!