२१ फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

नेपाली पत्रकार संकट र सिकाइ भोगाइ

Logo
प्रकाशित बिहिबार, जेठ २९, २०७७

(विपुल पोख्रेल)
कोभिड १९ को महामारीले सिंगो संसार प्रभावित भएको समयमा पत्रकारिता क्षेत्र पनि अपवाद हुने कुरै भएन । नेपाली पत्रकारितासँगै विश्व पत्रकारिताका लागि पनि यो महामारी एउटा चुनौती भएर उभिएको छ भने यसले केही सिकाइ छाडेर अनि केही प्रवृत्तिलाई तलमाथि पारेरमात्र हामीबाट बिदा हुनेछ । यस चुनौतीको बेलैमा सामना गर्न नसक्ने र उपयुक्त रणनीतिका साथ सम्बोधन गर्ने सामथ्र्य नराख्नेहरु पत्रकारिताको परिधिभन्दा बाहिर थकेलिने छन् र नयाँ पुस्ता अनि नयाँ व्यवस्थापनले यो महासंकटको ओरालो लाग्ने क्रमसँगै पत्रकारितामा आफ्नो ‘स्पेस’ बनाउन आरम्भ गर्नेछन् ।
दुईवटा विश्व युद्धपछिको सिकाइ, तेस्रो मुलुकका पत्रकारिताका विज्ञ र क्रियाशील पत्रकारहरुको सम्मेलन अनि त्यो सम्मेलनको निष्कर्ष, संयुक्त राष्ट्र संघ स्थापनापछिको पत्रकारिताजस्ता विश्व परिघटनासँगै पत्रकारिताका आयाम र प्रवृत्तिमा फेरबदल भए । तेस्रो मुलकका समाचार पनि शक्तिशाली मुलुकका सञ्चारमाध्यमका लागि सामग्री बन्न थाले । राष्ट्रिय, स्थानीय, क्षेत्रीय, महाद्विपस्तरीय अन्य कतिपय चुनौती र घटनाक्रमले त्यस सेरोफेरोको पत्रकारिताका आयाम र प्रवृत्तिमा पनि फेरबदल भएका प्रशस्त उदाहरण पाइन्छ । नेपालकै सन्दर्भ कोट्याउँदा २०१७ अघिको पत्रकारिता, पञ्चायतकालीन पत्रकारिता, बहुदलीय शासन कालको पत्रकारिता, निरंकुश कालको पत्रकारिता र गणतन्त्रकालीन पत्रकारिताका पनि कतिपय प्रवृत्ति त फेरिएका छन् नै यसको अभ्यासमा सहज असहज सबै अवस्था नेपाली पत्रकारिताले भोगेको छ । यी भोगाइ नेपाली पत्रकारिताका पुँजी हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । निर्वाचनअन्तर्गत अपराह्न ४ बजेसम्म ५१.१९ प्रतिशत मत खसेको छ। कूल मत चार लाख ३३ हजार ६६८ मध्ये १ लाख ९६ हजार ४१३ मत खसेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा ७२ हजार ३१० मत खसेको छ, जसमध्ये पुरुष ३३ हजार ८८४ र महिला ३८ हजार ४२६ ले मतदान गरेका छन्। निर्वाचन क्षेत्र […]

कास्की । प्रतिनिधि सभा सदस्य निर्वाचनको अवसरमा सरकारले लगाएको यातायात बन्देज उल्लंघन गर्ने दर्जनौँ सवारी साधन कास्कीमा कारबाहीमा परेका छन्। बिहीबार निर्वाचनको दिन जिल्लाका विभिन्न स्थानमा अनुमति पत्र (पास) बिना नै सडकमा गुडेका सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी टोलीले नियन्त्रणमा लिएका हुन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन […]

काठमाडौं । ओखलढुंगाको अवस्था सामान्य रहेको छ भने भ्रामक सूचना संप्रेषण गर्नेहरूको खोजी जारी रहेको डिएसपी मदन के.सी.ले जानकारी दिएका छन्। ओखलढुंगा प्रहरीले सामाजिक सञ्जालबाट अफवाह फैलाउनेलाई साईबर ब्युरोले कारबाही गर्ने चेतावनी दिएका छन् । भ्रामक सूचना फैलिनबाट रोक्न तथ्य–जाँचकीको बलबुताले मात्रै सम्भव हुँदैन, समग्र सूचना–सञ्चार प्रणाली, पत्रकारिता जगत्, देशको सामाजिक संरचना, संस्कृति र नागरिकको […]

error: Content is protected !!