२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

झण्डै छ लाख बराबर अवैध मालसामान इलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा नष्ट

Logo
प्रकाशित शुक्रबार, जेठ ३०, २०७७

अजय मिश्र, कृष्णनगर ,३० जेठ
लकडाउनको मौका छोपी कपिलवस्तु जिल्लाको पश्चिम दक्षिणी सिमावर्ती क्षेत्र इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत क्षेत्रमा भन्सार छलि गरि लैजादा वरामद गरिएको समान इ. प्र. का. कृष्णनगरको भवन पछाडिको प्रांगण मा जलाएर नष्ट गरिएको छ ।
औषधी ,रक्सी , गुटखा लगायत समान रहेको जस्को अनुमति मुल्य पांच लाख अस्सी हजार रहेको कुरा इलाका प्रहरी कार्यालय कृष्णनगर ले जनाएको छ. यस अघि पनि इलाका प्रहरी कार्यालय कृष्णनगर ले अवैध रूपमा ल्याईएको समान विभिन्न समयमा समेत नष्ट गरि सकेको छ।
भन्सार चुहावट रोक्न आफूहरू सधै तत्पर रहेको जनता लाई सुरक्षा को अनुभूति दिई देश र जनता को सुरक्षा दिनु नै हाम्रो कर्तव्य रहेको कुरा इलाका प्रहरी कार्यालय कृष्णनगर का प्रहरी निरिक्षक प्रताप पौडेल ले जानकारी दिए ।
तस्करहरूले तस्करी गराउनको लागि बालबालिका,महिला समेत प्रयोग गरिरहेका छन् । प्रहरीलाई देखेपछि तस्कर मालसामान फालेर फरार भएका थिए ।
सकृय बन्दै गएकाे प्रहरी सुराकिकाे आधारमा खटिएकाे गस्तीटाेलीले उक्त मालसामान नियन्त्रणमा लिन सफल भएका हुन ।
नियन्त्रणमा लिइएकाे मालसामान स्थानिय भद्र भलादमी, पत्रकार, सुरक्षाकर्मी, कृष्णनगर नगरपालिका प्रतिनिधि,
हरूको राेहबरमा राखी उक्त माल समान नष्ट गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(सैलेस बम ) दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । यहाँस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि भन्सार छली ल्याइएको खाद्य तथा दैनिक उपभोग्य तथा अन्य सामग्री गरी रु ७७ लाख ५१ हजार तीन सय ४६ मूल्य बराबरको सामान […]

(एबिसि संचार )                                                                प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा वैशाख ११ देखि १३ गतेसम्म संचालन भएको ‘१९औं हेड अफ एनसीबी […]

(रबि बर्णवाल ) वीरगन्जमा रहेको नबिल बैंकबाट एक करोडभन्दा बढी रकम चोरी भएको छ ।आइतबार राती बैंकबाट एक करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएपछि बैंकले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको छ। वेल्डीङ गर्ने मेसिनले टिनको बक्सा काटेर पैसा चोरी गरेको देखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।