२८ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

बिकास निर्माणको नाममा नदिजन्यको उत्खनन जिससको पत्रकार सम्मेलन

Logo
प्रकाशित शनिबार, जेठ ३१, २०७७

एबिसी संचार दाङ जिल्लाको विभिन्न खोला तथा नदिहरुमा उत्खनन् क्षेत्रमा चार किल्ला समेत निर्धारण नगरि हचुवाको भरमा मापदण्ड विपरित ढुंगाजन्य बस्तुहरुको उत्खनन् गरिएको पाईएको हो ।
जिल्ला समन्वय समिति दाङले घोराहीमा पत्रकार सम्मेलन गरि खोला तथा नदिहरुबाट मापदण्ड विपरित उत्खनन् भएका ढुंगाजन्य बस्तुहरु निर्माण कार्यमा नभई क्रसर उद्योगमा लगेको फेला परेको जनाएको छ । समितिका उपप्रमुख श्रीधर शर्मा पौडेलले तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, बबई, दंगिशरण, राप्ती र गढवा गाउँपालिकाका विभिन्न खोलाहरुमा अबैधरुपमा उत्खनन्, निकासी र मनपरि मेसिनरी यन्त्रहरुको प्रयोग भएको जानकारी दिए ।
त्यसैगरी, घोराही तुलसीपुर फोर लेन सडकमा प्रयोग हुने ग्राभेल ग्वारखोलाबाट उत्खनन् गरि सम्बन्धित निर्माण कार्यमा प्रयोग नगरि क्रसर उद्योगमा लगेको र बाताबरणिय प्रभाव मूल्याङकन नगरिएको क्षेत्रबाट उत्खनन् गरेको पाईएको उनले जानकारी दिए । साथै ढुंगाजन्य बस्तुहरुको उत्खनन् र निकासीका लागि स्थानिय तहहरुलाई जिम्मा दिए पनि अपेक्षा अनुसार काम गर्न नसकेको अनुगमनबाट फेला परेको समन्वय समितिले जनाएको छ ।
विकास निर्माणको काम भनेर अनुमती लिने तर क्रसर उद्योगमा पु¥याउने र जथाभावीरुपमा उत्खनन् गर्ने गरेको उपप्रमुख पौडेलले बताए । यसैविच समन्वय समितिले आगामी असार १ गते देखी असोज १ गते सम्मका लागि दाङमा नदिजन्य पदार्थको उत्खनन र निकासी पूर्णरुपमा रोक लगाईएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । साथै कोरोना संक्रमणका कारण पूर्वाधार विकासका कामहरु प्रभावकारीरुपले अघि बढ्न नसकेको समेत निष्कर्ष निकालेको छ ।
यसैगरी, स्थानिय तहहरुले कोरोना संक्रमण रोकथाम र राहतको कामलाई प्रभावकारी ढंगले अघि बढाएको समेत समितिले जनाएको छ । पत्रकार सम्मेलनमा समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले नदिजन्य बस्तुहरुको सहि ढंगले उत्खनन् र प्रयोगमा ल्याउन स्थानिय तहहरुले नै अनुगमनलाई प्रभावकारी बनाउनु पर्ने बताए । पहुँच हुनेहरु नै नदिजन्य बस्तुहरुको दोहनमा सकृय रहेको भन्दै उहाँले मनपरि भैरहेको उत्खनन्लाई रोक्न स्थानिय तहहरुलाई निर्देशन दिएको समेत उनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!