१६ जेठ २०८३, शनिबार
30-05-2026 , Sat
×

फेसबुकमा अध्यक्ष प्रियाशनको चरित्र हत्या गर्ने भट्टराई पक्राउ

Logo
प्रकाशित शनिबार, जेठ ३१, २०७७

एबिसी संचार
दाङमा सामाजिक सञ्जालको प्रयोग गरेर थुप्रै ब्यक्तिहरुको चरित्र हत्या गर्दै आएका घोराही ६ सौडियारका निशान दाजु भट्टराई अहिले दाङ प्रहरीको नियन्त्रणमा छन । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको चरित्र हत्या गर्दै फेसबुकमा असत्य, भ्रामक र कपोलकल्पित विषयहरु उल्लेख गरेको भन्दै प्रहरीले भट्टराईलाई नियन्त्रणमा लिएको हो ।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष प्रियासनले भट्टराई विरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्धा दर्ता भएको छ । प्रहरीले शुक्रबार बेलुका नै भट्टराईलाई नियन्त्रणमा लिएको थियो । बेलुका भट्टराईलाई शनिबार विहान ८ बजे उपस्थित गराउने सर्तमा छोडीएको थियो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काको अनुसार उनी अहिले जिल्ला प्रहरीको नियन्त्रणमा रहेको र मुद्धाको प्रक्रिया अगाडी बढेको जानकारी दिए ।
घोराही उपमहानगरपालिका वडा नं. १४ लखनपार्क नजिकै विहिबार बेलुका भएको स्थानीयको आन्दोलनको बार्ताका लागि मध्यस्तकर्ताको रुपमा उपस्थित भएका नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन माथिको दुव्र्यवहारका विषयमा भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा चरित्र हत्या गरेका थिए । पत्रकार महासंघका अध्यक्ष प्रियासन सहित विभिन्न पत्रकारहरु, व्यवसायी, नेतादेखि जनप्रतिनिधिहरुको चरित्रमाथि पटक पटक लाञ्छना लगाउदै आएका भट्टराई दाङमा बदनामको पात्र हुन् ।
उनले केहि समय अगाडी एउटा अनलाईन न्यूज पोर्टल सञ्चालन गर्दै आएका थिए । त्यसको आधारमा आफुलाई पत्रकारको रुपमा चिनाउने र बार्गेनिङ गर्दै आएका भट्टराईको त्यो अनलाईन समेत बन्द अवस्थामा छ । अनलाईनको प्रयोग गरेर गैरकानुनी गतिविधि गरेको उजुरीको आधारमा नेपाल सरकारको सुचना विभागले अनलाईन बन्द गराएपछि भट्टराईले फेसबुक मार्फत विभिन्न ब्यक्तिको चरित्र हत्या गर्दै आएका छन् । दाङखबरबाट सभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुदृरपश्चिम् । महाकाली नदीपारि भारततर्फ *कालापानी, लिपुलेक, लिम्पियाधुरा* तर्फ प्रहरी गाडी ठूलो मात्रामा गैरहेको – यो क्षेत्र संवेदनशील सिमानाका कारण यस्ता दृश्यले चर्चा पाउँछ। *पृष्ठभूमि:* 1. *कालापानी-लिपुलेक-लिम्पियाधुरा* नेपाल-भारत सीमा विवादको क्षेत्र हो। नेपालले यो भूभाग आफ्नो नक्सामा समेटेको छ भने भारतले आफ्नो उत्तराखण्डको भाग भन्छ। 2. भारततर्फ धारचुला, तवाघाट हुँदै लिपुलेकसम्म जाने बाटो छ। सिमानामा […]

रुपन्देही । लुम्बिनी साँस्कृतिक नगरपालिका–६, पर्साचोक* बाट प्रहरीले ठूलो परिमाणको अवैध मदिरा बरामद गरेको छ। *के फेला पर्यो:* – *गाडी*: लु.१ च.९५६ नम्बरको पिकअप – *मदिरा*: Barphi PREMIUM BLENDED र Barphi Diamond LONDON ब्रान्डका *१०५ कार्टुन* – *कुल मूल्य*: मदिरा र पिकअप गरी करिब *रु. २६ लाख ३५ हजार* *कसरी पक्राउ पर्यो:* इलाका प्रहरी कार्यालय […]

काठमाडौं । जेठ १५ गते मनाइने *गणतन्त्र दिवस* को मुख्य समारोह हरेक वर्ष *काठमाडौंको टुँडिखेल* मा हुन्छ। *टुँडिखेलमा के हुन्छ:* – *झण्डोत्तोलन*: राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतको उपस्थितिमा राष्ट्रिय झण्डा फहराइन्छ – *सलामी परेड*: नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको संयुक्त सलामी परेड – *ब्यान्ड बाजा*: सेनाको ब्यान्डद्वारा देशभक्तिपूर्ण धुन – *सांस्कृतिक झाँकी*: देशका विभिन्न […]

error: Content is protected !!