२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बर्दियामा भारतीय नागरिकद्वारा सशस्त्र प्रहरीमाथि आक्रमण

Logo
प्रकाशित आइतबार, जेठ ३२, २०७७

महेन्द्र सिंह
बाँके सीमावर्ती भारत बहराइच जिल्लाको भादापुरुवाबाट आएका ३/४ जना भारतीयले सशस्त्र प्रहरीमाथि आक्रमण गरेका छन् । जबरजस्ती बर्दिया पस्न खोजेपछि उनीहरुलाई रोक्न खोज्दा सशस्त्रमाथि आक्रमण गरेका हुन् ।
हतियार बिना तैनाथ सशस्त्र प्रहरीले शनिबार दिउँसो खर्बुजा लिन नेपाल छिरेका भारतीयलाई नसोधेर किन नेपाल पसेको भन्दै सोधपुछ गर्दा विवाद भएको थियो ।
गुलरिया नगरपालिका—८ को ५७ नम्बर पिलर नजिक भारतीय नागरिकले त्यहाँ तैनाथ दुई जना सशस्त्र प्रहरीलाई दुर्व्यवहार गर्न थालेपछि स्थिती तनाव भएको थियो । सीमा नजिक रहेको भारतीय गाउँ भादापुरुवाबाट पनि करिब २० जनाले लाठी लिएर नेपाली सीमाभित्र प्रवेश गरेर सशस्त्र प्रहरीमाथि आक्रमण गरेका थिए ।
खेतमा काम गरिरहेका स्थानीयले प्रतिवाद गरि भारतीयलाई त्यहाँबाट लखेटेर भारत पठाएका थिए ।
घटना लगतै थप सुरक्षा बल घटनास्थलतर्फ गएका छन् । एसएसबी पनि तत्काल सीमा क्षेत्रमा आएर स्थिती मत्थर पारेको छ । सशस्त्र प्रहरी उपरीक्षक यादव विकले भारतीय सुरक्षा बल एसएसबीले दुर्व्यवहार गर्ने भारतीय नागरिकमाथि कारबाही गरिने जानकारी दिएको बताए।कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!