२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

प्रहरीले अबैधरुपमा बालुवा चोरी निकासी गर्ने ९ जनालाई मुद्दा

Logo
प्रकाशित सोमबार, आषाढ ०१, २०७७

महेन्द्र सिंह
बाँके प्रहरीले ९ जनामाथि मुद्दा चलाएको छ । ट्रयाक्टरमा अबैधरुपमा बालुवा चोरी निकासी गरि ल्याउदै गरेका चालकसहित ९ जनामाथि मुद्दा चलाएको हो ।
बाँके डुडुवा गाउँपालिका वडा नम्बर–४ को बाटो हुदै केही मानिसहरु अवैध बालुवा चोरी निकासी गरेको भन्ने सूचनाको आधारमा बाँके प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको बाँके प्रहरीद्वारा जारी विज्ञप्तीमा उल्लेखछ ।
आईतबार बिहान १ बजे बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ४ साहपुर्वाबाट बालुवा चोरी निकासी गरि ल्याउदै गरेका ट्रयाक्टर चालक सहित ९ जनालाई नियन्त्रणमा लिदाँ सुरक्षाकर्मीमाथि उनीहरुले अभद्र ब्यवहार गरेका थिए ।
साहपुर्वाबाट भे १ त ४५८, भे १ त ५२७० र भे १ त ८१५७ नम्बरको ट्रयाक्टरमा अवैधरुमा बालुवा चोरी निकासी गरि ल्याउँदै गरेको बालुवासहित ट्रयाक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँके अन्र्तगतका मुद्दा शाखा प्रमुख प्रहरी निरीक्षक हृदेश सापकोटाले बताए ।
उनका अनुसार ती ब्यक्तिहरुलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनीहरुले प्रहरीमाथि अभद्र ब्यवहार गरेपछि बाँके प्रहरीले उनीहरुलाई अभद्र ब्यवहार कुसुरमा अनुसन्धान गरि मुद्दा चलाएको हो ।
यद्यपी बाँके प्रहरीले तीनवटा ट्रयाक्टरका चालक र थप ६ जना गरि ९ जनालाई नियन्त्रणमा राखेकोछ । नियन्त्रणमा लिइएको ट्रयाक्टर तथा बालुवालाई आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समिति बाँकेमा बुझाइएकोछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!