२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

जेठ महिनामा भारतबाट १८ हजार ९१ नेपाल भित्रिए २३ हजार ६४२ बाहिरिए

Logo
प्रकाशित सोमबार, आषाढ ०१, २०७७

एबिसी संचार
भैरहवा, जेठ ३२ गते । रुपन्देहीको बेलहिया नाका भएर जेठ महिनाभरमा १८ हजार ४९१ जना नेपाली नेपाल भित्रिएका छन् । त्यस्तै, यही नाकाबाट जेठ भएर भारत प्रवेश गर्नेको सङ्ख्या २३ हजार ६४२ रहेको इलाका प्रहरी कार्यालय, बेलहियाले जनाएको छ ।
जेठको अन्तिम दिन आइतबार मात्रै ६७६ जना नेपाली नेपाल भित्रिएका छन् भने ६११ जना भारतीय नागरिक भारत प्रवेश गरेको इलाका प्रहरी कार्यालय, बेलहियाले जानकारी दिएको छ । कोरोना महामारीका कारण भारतमा कामविहीन बनेका नेपालीहरू फर्कने क्रम जारी रहेको बेलहियाका प्रहरी निरीक्षक इश्वरी अधिकारीले बताउनुभयो ।
प्रहरी निरीक्षक अधिकारीका अनुसार नेपाल आएका नेपालीमध्ये अधिकांश आआफ्नो जिल्लामा पुगेर सम्बन्धित स्थानीय तहले व्यवस्थापन गरेका क्वारेन्टाइनमा बसेका छन् भने कतिपयलाई होम क्वारेन्टाइनमा पनि पठाउने गरिएको छ ।
बेलहिया प्रहरीका अनुसार यो नाकाबाट भित्रिएका अधिकांश रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, स्याङ्जा, कपिलवस्तु, पोखरा, बाग्लुङ्लगायत जिल्लाका रहेका छन् । बेलहिया नाका भएर भित्रिएका सबैलाई सम्बन्धित पालिकाको समन्वयमा गन्तव्यमा पठाइएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो ।
प्रदेश ५ मा बेलहिया नाका भएर सबैभन्दा धेरै नागरिक ओहोरदोहोर गर्छन् । प्रदेश ५ भरि अहिलेसम्म २० हजार ५५९ को कोरोना परीक्षण भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार २७ हजार ७४१ को स्वाब सङ्कलन गरिएकोमा सात हजार १८३ जनाको रिपोर्ट आउन बाँकी छ । प्रदेश ५ मा अहिलेसम्म एक हजार ५१९ काेराेना सङ्क्रमित भेटिएका छन् भने ५४६ जना निको भएर घर फर्केका छन् । हाल ९६७ जनाको उपचार जारी छ भने सात जनाको मृत्यु भएको छ ।
भारतका विभिन्न ठाउँमा रोजगारीका लागि गएका नेपालीहरू रेल तथा सार्वजनिक बसका माध्यमबाट सुनौली नाकासम्म आउने गरेको र आपसी समन्वयमा नेपाल ल्याउने गरिएको प्रहरीको भनाइ छ ।गोर्खापत्रबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!