१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
×

पत्रकारलाई धम्की महासंघद्वारा भत्सर्ना र सुरक्षाको माग

Logo
प्रकाशित सोमबार, आषाढ ०१, २०७७

एबिसी संचार
काठमाडौँ नेपाल पत्रकार महासंघले समाचार लेखेकै कारण ‘काठमाडौँ प्रेस डटकम’ का प्रबन्ध सम्पादक गोविन्द परियारलाई धम्की दिने व्यक्तिलाई तत्काल कानूनी दायरामा ल्याउन र सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गरेको छ ।
“समाचारको विषयलाई लिएर काठमाडौँ प्रेस डटकमका प्रबन्ध सम्पादक परियारलाई सुमेग ट्राभल्स एजेन्सीका सञ्चालक मेघ केसीले अपशब्द प्रयोग गर्दै धम्की दिएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ”, महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्रबन्ध सम्पादक परियारका अनुसार काठमाडौँ प्रेसले जेठ २५, २६ र ३० गते चार्टर्ड उडानमा महँगो भाडा असुलेको विषयमा विभिन्न शीर्षकमा समाचार सम्प्रषण गरेपछि सोही निहुँमा आफूलाई आइतबार बिहान ११ः५ बजे ९८५१०८२५१२ नम्बरको मोबाइलबाट फोन गरी निज केसीले ‘समाचार के आधारमा लेखियो, प्रमाण के छ’ भन्दै अपशब्द प्रयोग गर्दै सिध्याइदिन्छु भनेर धम्क्याएको महासंघले जनाएको छ ।
महासंघले प्रकाशित समाचारको विषयमा चित्त नबुझे या गुनासो भएमा त्यसउपर कानूनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति भएको जनाउँदै त्यसलाई बेवास्ता गर्दै पत्रकारलाई ठाडो चुनौती दिई अपशब्द प्रयोग गर्दै सिध्याइदिन्छु भनेर धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी कार्य भएको ठहर गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

केही दिन यता ठगहरूले गर्ने ३ वटा सबैभन्दा धेरै प्रयोग हुने जाल तपाईंको खाता बन्द हुन्छ बैंक, इन्स्योरेन्स, NTC, Ncell को नाममा फोन लक्की ड्रमा पर्नुभयो, उपहार पठाउँछु त्यसको लागि OTP माग्ने SCREEN SHARE गरिदिनुस्” AnyDesk, TeamViewer जस्ता एप डाउनलोड गर्न लगाएर तपाईंको फोन आफैं चलाउने OTP नभन्नुस् बैंक र वालेटले कहिल्यै फोन गरेर OTP […]

बाँके । नेपालगन्ज भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा नेपालगन्ज भन्सार कार्यालयमा तोडफोड र आगजनी हुँदा ६ करोड १६ लाख ५२ हजार ८०८ रुपैयाँ बराबरको नोक्सान भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार चिफ जनार्दन पौडेलले बताएका छन । नोक्सानको विवरणमा के-के परे होलान् भवन र फर्निचर कार्यालयको संरचना,कम्प्युटर कागजात सवारी साधन भन्सार र राजस्वका […]

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको घुमुवा प्रहरी भन्दै नक्कली रिभल्भर देखाएर सर्वसाधारणसँग रकम असुल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–१३ घर भई हाल ओमसतिया गाउँपालिका–४ बालापुरमा बस्दै आएका ४९ वर्षीय राकेश प्रताप राणा रहेका छन् । सिद्धार्थनगर–१३ शान्तिनगर र भैरहवा बजार क्षेत्रमा पेस्तोल देखाएर सर्वसाधारणसँग १० हजार रुपैयाँ मागिरहेको […]

error: Content is protected !!