१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

दाङमा रिपोर्ट नआउँदै घर पठाइएका १७ जनामा कोरोना पुष्टि

Logo
प्रकाशित सोमबार, आषाढ ०१, २०७७

एबिसी संचार
दाङ घोराही उपमहानगरपालिकाका दुई क्वारेन्टाइनमा बसेका १७ जनामा घर पठाइएपछि कोरोना पुष्टि भएकाे छ । घोराही उपमहानगरपालिका–१७ स्थित चौघेरा क्वारेन्टाइनमा बसेका १३ र प्रावि क्वाडीमा बसेका ४ जनामा घर गइसकेपछि कोरोना पुष्टि भएको हो । वडा कार्यालयले लापरबाही गरेको भन्दै स्थानीयले विरोध गरेका छन् । उनीहरुले वडा कार्यालयमा भेला भइ ध्यानाकर्षण गराएका थिए ।
भारतबाट आएर क्वारेन्टाइनमा बसेकालाई जेठ २८ गते रिपोर्ट नआउँदै घर पठाइएको थियो । उनीहरूको जेठ २१ गते पीसीआर टेस्टको लागि स्वाब संकलन गरिएको थियो । स्वाबको रिपोर्ट आउन ढिला भएपछि क्वारेन्टाइनमा बस्नेहरूले घरमा सुरक्षित बस्ने गरी जान पाउनुपर्ने माग गरेका थिए । त्यसपछि उनीहरूलाई घर जान दिइएको थियो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पीसीआर परीक्षणमा आइतबार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । प्रतिष्ठानले यसको रिपोर्ट अझै सार्वजनिक गरेको छैन । वडालाई भने आइतबार नै जानकारी दिइएकोले संक्रमितलाई खोजेर आइसोलेसनमा पठाएको नगर प्रमुख नरूलाल चौधरीले बताए ।
स्वास्थ्य मन्त्रालयको परिपत्र अनुसार २२ दिनसम्म क्वारेन्टाइनमा बसेर कुनै लक्षण नदेखिएकालाई घरमा सुरक्षित बस्ने गरी पठाइएको उनले बताए । उनीहरूको ट्रेसिङ गर्ने काम भइरहेको चौधरीले जानकारी दिए । ‘लामो सयमसम्म रिपोर्ट नआएपछि र उनीहरुमा कुनै लक्षण नदेखिएपछि छलफल गरेर घरमा सुरक्षित बस्ने गरी पठाइएको हो,’ चौधरीले भने,‘कतै पनि ननिस्केर घरमै बस्ने गरी पठाइएको हो । कतै गए नगएको बुझ्ने र ट्रेसिङ गर्ने काम भइरहेको छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । सामाजिक संजाल मार्फत प्राप्त गुनासोलाई मध्यनजर गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको निर्देशन अनुसार सडकमा सवारी साधनको अगाडी टिकटक बनाउने जिल्ला सल्यान बनगाड कुपिण्डे न.पा.११ बस्ने भावना पुन मगर र सवारी साधनको छतमा यात्रुहरुलाई सवार गराउने लु.प्र.०१-००१ख १०६४ नं.को फोर्स गाडीको […]

काठमाडौं । नेपाल सरकारले डोजर चलाएर भत्काएको थापाथालीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका उनले शुक्रबार बागमती नदीमा हाम फालेर आत्महत्या गरेका हुन्। प्रहरीका अनुसार उनको पहिचान खुलिसकेको छैन। प्रहरीले शव बागमतीबाट बाहिर निकालेको छ। सामान सार्दै गरेका उनले अचानक बागमतीमा हाम फालेका थिए। यसअघि पनि थापाथली सुकुम्बासी बस्तीका एक १७ वर्षीय किशोरले आत्महत्या गरेका थिए।

दाङ । तुल्सीपुर जिरी नगरपालिका वडा नम्बर १ दोलखा बस्ने बिजुली खड्काका छोरा वर्ष२६का शुरेश खड्का हाल रोमानिया मा काम गर्दै आएको खड्काले नेपालीहरूलाई आफुले काम गर्ने कम्पनीमा काम धेरै राम्रो छ काम लगाइ दिन्छु भनेर दाङ जिल्लाबाट कृष्ण बि.क रु 240000 बुदि सुनार रु 240000 एकजना महिला बाट रु 240000 जम्मा रु 720000 ठगी […]

error: Content is protected !!