२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बाँके प्रहरी प्रमुखको जिम्मेवारी एसपी ओम रानालाई

Logo
प्रकाशित मंगलबार, आषाढ ०२, २०७७

सागर थापा
जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी प्रमुखको जिम्मेवारी एसपी ओम रानाले पाउनु भएको छ।
एसपी ओम राना काठमाडौं मेट्रोबाट बाँके जिल्ला प्रहरी प्रमुखमा सरुवा हुनुभएको हो ।
पोखरा कास्कीका १० वर्षिय वालिका श्रेया विकको बलात्कार पछि क्रुर तरिकाले हत्या गर्ने अपराधी कुशुम पौडेललाई ११ घण्टा भित्र पक्राउ गरी नेपाल प्रहरीको मान मर्दन राख्न सफल भएका तत्कालिन कास्कीका प्रहरी प्रमुख एसपी ओम राना मेट्रोबाट बांके जिल्ला प्रहरी प्रमुखमा सरुवा भएका छन । कन्चनपुरमा निर्मला पन्तको हत्यारा पत्ता नलागिरहदा कास्कीमा पनि १० वर्षिया वालिका श्रेया बिकको बलात्कार पछि हत्या गर्ने कुशुम पौडेललाई पक्राउ गर्न सफल एसपी ओम राना हालै काठमाण्डौ मेट्रोबाट जिल्ला प्रहरी कार्यालय बांकेको कमाण्ड सम्हाल्न पुगेका हुन ।
२०७६ साल असोज १० गते सांझ कास्कीको पुम्दी भुम्दीकी १० वर्षिय वालिकालाई ललाइ फकाइ बलात्कार गरी क्रुर तरिकाले बालिकाको हत्या गर्ने कुशुम पौडेललाई ११ घण्टा भित्र पक्राउ गरी प्रहरीकै छवि जोगाउन भुमिका खेलेका थिए । सोही वर्ष कन्चनपुरमा हत्या गरिएकी निर्मला पन्तको हाल सम्म पनि हत्यारा पत्ता लगाउन सकेको छैन ।
२०७४ सालमा नेपाल प्रहरी उपरीक्षकको फुली लगाएका रानाले बांकेको कमाण्ड सम्हाल्नु अघि, काठमाण्डौ मेट्रो, कास्की, रोल्पा, बौद्ध, उदयपुर, दाङ, काठमाण्डौ अपराध महाशाखा, कालिकोट, रशुवा लगायतका जिल्लाहरुमा प्रमुखको भुमिका निर्वाह गरिसकेका छन । कास्कीमा पनि श्रेया विकको हत्यारा संगै १ सय ५० फरार अपराधी पक्राउ गर्न सफल भएका थिएभने टोले गुण्डाहरुको गतिविधीलाई शुन्यमा पुर्याएका थिए । त्यसैगरी उनको कार्यकालमा हप्ता असुल्ने टोले गुण्डा र लागुऔषध कारोवारीले समेत टाउको उठाउन सकेको थिएन भने रानाको कार्यकालमा ३३ वटा ठूला जुवा खेल्ने गिरोहलाई पक्राउ गरी आवश्यक कारबाही गरेका थिएभने अपराध नियन्त्रणलाई मध्येनजरगरी कास्कीभित्र १ सय ४२ स्थानमा सिसिटिभी क्यामेरा जडान गर्नुका साथै उनको कार्यकालमा कास्कीमा सवारी दुर्घटनामा समेत न्युनिकरण भएको थियो ।
एसपी रानाले तत्कालिन समयमा सवैभन्दा संवेदन शिल मानिएको रोल्पा जिल्लामा २०७० सालको दोश्रो संविधान सभाको चुनाव सफल पूर्वक सम्पन्न गर्न सफल भएको उनको छुट्टै इतिहांस छ । सामान्य देखी ठूला मानिस संग समान ब्यवहार गर्ने रानाले अन्य प्रहरी प्रमुखले भन्दा बेग्लै शैलीमा जनताको समस्याको समाधान गर्ने बेग्लै खुबी रहेको छ । प्रहरी कर्मचारीहरुलाई समेत समान ब्यवहार गर्ने भएकाले पनि उनलाई सामान्य प्रहरी कर्मचारीले हेर्ने दृष्टीकोण पनि राम्रो रहेको छ ।
एसपी रानाले उत्कृष्ट कार्यालय प्रमुख भएकाले विभिन्न जिल्लामा समेत पुरस्कार प्राप्त गर्न सफल भएका छनभने कास्कीमा रहेर उत्कृष्ट कार्य गरेवापत गण्डकी प्रदेश प्रहरी कार्यालय उत्कृष्ट कार्यालय प्रमुखको पुरस्कार समेत प्राप्त गरिसकेका छनभने राष्ट्रपतिबाट रत्न विभुषण प्राप्त गरिसकेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!