१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
×

सुरक्षा अबस्था बुझन दाङका सुरक्षा प्रमुखहरु नाकाको स्थलगत अनुगमनमा

Logo
प्रकाशित मंगलबार, आषाढ ०२, २०७७

एबिसी संचार
दाङको नाका क्षेत्रमा भारतीय सुरक्षाकर्मीबाट सताइएपछि दाङका नाका क्षेत्रका नाकाबासीहरु नाकाको समग्र विकासमा सरकारलाई दबाव दिन पुस्तौ देखिको भूमि नाका क्षेत्र छोडे । आन्दोलन स्वरुप उनिहरु २०६६ जेठ १३ देखि लमही नगरपालिका वडा नं. ७ को करी सामुदायिक वन र राष्ट्रियमा वनमा बसे । त्यतीबेला नाका क्षेत्रका जनता जुरुक्क उठेका थिए नाका शुनसान थियो, झन्डै तीन महिना सम्म जारी रह्यो ।
२०६६ साउनमा आन्दोलनरत् पक्ष र सरकारसंग नाका क्षेत्रमा सबै आधारभुत तहको सेवा पु¥याउने र सुरक्षा अवस्था मजवुत बनाउने सहमति भयो । त्यतिबेलाको आन्दोलन औचित्य बारे राजपुर ७ डगमारा नाकाका चन्द्रप्रसाद खड्का भन्नुहुन्छ । ‘नाका आन्दोलन नाका क्षेत्रको विकासको कोशेढुङगा सावित भयो, सोही आन्दोलनको समहति अनुसार अहिले नाका क्षेत्रमा विकासका गतिविधि भइरहेका छन् ।’
सहमतिसंगै नाकाली पुनः आफ्नो क्षेत्र नाकामा पुगेर बसोबास गर्न थाले । विस्तारै नाका क्षेत्रमा काम भइरहेका छन् । सडक र सुरक्षाको दृष्टिकोणले हेर्दा नाका क्षेत्रमा यो ११ बर्षको अवधिमा कायापलट नै भएको छ ।
केहि बर्ष पहिले मात्रै समय दाङको कोइलाबास नाका पुग्न पनि कपिलवस्तु हुँदै भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो । कोइलाबास नाका नेपाल भारतसंग सिमा जोडिएको दाङको नाका मध्ये सबैभन्दै सुगम नाकाका हो । अहिले लमही कोइलाबास सडक कालोपत्रे कार्य करिव सकिएको छ । हुलाकी सडक खण्ड निर्माण संगै कोइलाबास नाका पुग्न हिउँद कुर्नुपर्ने र भारतको सडक प्रयोग गर्नुपर्ने बाध्यता पुर्ण रुपमा अन्त्य भएको ।
यस्तै नेपाल भारतसंग सिमा जोडिएका ३४ वटा नाका मध्ये धेरै नाकामा सडक पुगिसकेको छ । दाङको राजपुर गाउँपालिकाको बेला – पटौली, जङग्रहवा– खाङग्रा, सुनछहारी–सुनपथरी सडक गरी नाका जोड्ने तीनवटा ठाडो बाटो निर्माण काम भइरहेको छ । पूर्व कोइलाबास देखि पश्चिम भौवा सम्म बर्डरलाइन सडकको ट¥याक खोलिएको छ । जसले गर्दा दाङका सबै जसो नाकामा पुग्न भारतीय सडक प्रयोग गर्नुपर्ने बाध्यता हट्दै छ ।
अहिले पनि बेला–पटौली जङग्रहवा खाङग्रा,सुनछहारी –सुनपथरी सडकबाट दैनिक रुपमा सवारी साधन आवतजावत गरिहेका छन् । बगाउँपालिकाले सडको ट¥याक खोलेपछि प्रदेश सरकार र स्थानीय सरकारबाट उक्त सडक निर्माण कार्य भएको हो । यस वर्ष पनि यी तीनवटा सडकको लागि जम्मा साडे सात करोडको बजेटमा नाका क्षेत्र जोडने सडकको स्तरबृद्धि, कल्भर्ट,होमपाइप, नाला निर्माणको काम भइरहेको छ । भौगोलिक विकटताका कारण भारतीय सडक प्रयोग गरी नाका जानुपर्ने र दैनिक उपभोग्य सामाग्रीको लागि भारतीय बजारमै मात्र भरपर्नु अवस्था अब दाङको नाकामा छैन ।
सडक निर्माणसंगै नाका क्षेत्रमा पनि विस्तारै चहलपहल शुरु हुन थालेको छ । प्राय सरकारी उपस्थिती कम हुने नाका क्षेत्र पछिल्लो समय प्रशासनिक दृष्टिकोणले पनि धेरैको ध्यान जान थालेको स्वयम नाकाली बताउँछन । दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ भौवा नाका निवासी भिमवहादुर खड्काले पछिल्लो समय नाका क्षेत्रमा सरकारी उपस्थिती बढ्न थालेको भन्दै खुसी व्यक्त गर्नुहुन्छ ।
उहाँले भन्नुभयो, ‘सधै भारतकै बाटो प्रयोग, भारतकै खाद्यान्नमा भर पर्नुपथ्यो अब आफ्नै भूमिबाट गाउँमै खाद्यान्न ढुवानी हुन थालेको छ, यो हाम्रो लागि ठूलो परिवर्तन हो ।’ नाकाली जनताले तीनै तहका सरकारको पनि उत्तिकै साथ पाएका छन् । स्थानीय सरकारको तर्फबाट नाका क्षेत्रको विकासमा प्रयास भइरहेको खाङग्रा निवासी राजपुर गाउँपालिका प्रवत्ता श्याम रोकाले जानकारी दिनुभयो । ‘स्थानीय सरकारको बजेटबाट मात्र सम्भव हुँदैन तीन तहकै सरकारको समन्वयको खाँचो छ, पछिल्लो समय उक्त समन्वय पनि भइरहेको छ ।’
नाका आन्दोलन र त्यसपछिका दिनमा सिमा सुरक्षा सुरक्षा बल राजमार्ग केन्द्रित भएको र नाकामा नेपालीले दुख पाइरहेको जनग्ुनाशो बढ्दै गएपछि दाङको नाका क्षेत्रमा अहिले सुरक्षा अपस्थिती बाक्लो बनाइएको छ ।
कोइलाबास,मुसीनाका,सिरीया,खाङग्रा,डगमारा,­भैसही नेपाल प्रहरी, शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट,सिमा सुरक्षा बल भौवा, भैसही, सुनपत्री, डगमारा, खाङग्रा, पटौली, सिरीया, मुसीनाका, भौरीसाल, गूरुङ, भङग्रोल नाका गरी ११ वटा नाकामा नेपाल प्रहरी र सशस्त्र सिमा सुरक्षा वलको उपस्थिती बढेपछि नाकाली जनताले सुरक्षाको राम्रो अनुभुती गरेका छन् ।
दाङको भौवा नाका निवासी समाजसेवी श्याम बहादुर झाँक्रीले पछिल्ले समय नाकामा भरपर्दो सुरक्षा उपस्थिती रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘पहिले भारतीय सुरक्षा निकायबाट हाम्रो भूमिमा हुने हेपाहा प्रवृतिको अन्त्य भएको छ, सिमाको रक्षा भएको छ ,हामीले नेपालीको अनुभुती धेरै बर्षपछि मात्रै गर्न पाएका छौ ।’ सुरक्षाको हिसावले दाङका सबै नाकामा सशस्त्र सिमा सुरक्षा पोष्ट स्थापना गर्ने गरी काम भइरहेको दाङका प्रमुख जिल्ल अधिकारी गोविन्द रिजालले जानकारी दिनुभयो । अस्थायी पोस्टलाई स्थायी रुपमै राख्नेगरी जग्गको खोजी गर्ने र पक्की संरचनाको काम हुन्छ, सिमा रक्षा र नाकाली जनताको सुरक्षाको हिसावले नाकामा सुरक्षा उपस्थिती मजवुद बन्छ । सिडियो रिजालले भन्नुभयो ।
यसैविच दाङका सबै सुरक्षा निकायका प्रमुख सहित जिल्ला कार्यालयका प्रमुखहरुको टोली नाकाको स्थलगत अवलोनको लागि पुगेको छ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी,नेपाली नेपाली सेना, राष्ट्रिय अनुसन्धान जिल्ला जनस्वास्थ्य कार्यालय, नेपाल पत्रकार महासंघ लगाएले दाङको नाकाको स्थलगत अवलोकन गरेका छ्न। राजमार्ग अनलाईनबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले देश, समाज तथा लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका तथा जनआन्दोलनका क्रममा सहादत प्राप्त गरेका राष्ट्रिय व्यक्तित्वहरूको सम्मानस्वरूप पुनःनिर्माण गरिएका ऐतिहासिक सालिकहरूको एक कार्यक्रमबीच अनावरण गरेको छ । नगर प्रमुख प्रशान्त विष्टले बिहान विभिन्न स्थानमा स्थापित ६ वटा सालिकको अनावरण गरेका हुन् । संविधान पिता, नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री […]

दाङ । वर्तमान समयमा विश्वभर बढ्दो जनसंख्या, सहरीकरण र उपभोगको संस्कृतिका कारण फोहोर व्यवस्थापन ठूलो चुनौती बनेको छ। पहिले फोहोरलाई केवल वातावरण प्रदूषण गर्ने वस्तुका रूपमा हेरिन्थ्यो, तर अहिले यसलाई आर्थिक स्रोतका रूपमा उपयोग गर्ने अवधारणा विकसित भएको छ। “फोहोरबाट मोहर” भन्ने भनाइको अर्थ पनि यही हो—उचित व्यवस्थापन, पुनःप्रयोग (Reuse), पुनर्चक्रण (Recycle) र नयाँ उत्पादनमार्फत […]

केही दिन यता ठगहरूले गर्ने ३ वटा सबैभन्दा धेरै प्रयोग हुने जाल तपाईंको खाता बन्द हुन्छ बैंक, इन्स्योरेन्स, NTC, Ncell को नाममा फोन लक्की ड्रमा पर्नुभयो, उपहार पठाउँछु त्यसको लागि OTP माग्ने SCREEN SHARE गरिदिनुस्” AnyDesk, TeamViewer जस्ता एप डाउनलोड गर्न लगाएर तपाईंको फोन आफैं चलाउने OTP नभन्नुस् बैंक र वालेटले कहिल्यै फोन गरेर OTP […]

error: Content is protected !!