२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङमा एक जोडीले क्वारेन्टीनमै अन्तरजातीय विवाह गरे

Logo
प्रकाशित मंगलबार, आषाढ ०२, २०७७

एबिसी संचार
दाङमा एक जोडीले वडाध्यक्षको उपस्थितिमा आइतबार क्वरेन्टीनमै अन्तरजातीय विवाह गरेका छन् । वडाध्यक्ष भरत अर्यालको उपस्थितिमा घोराही उपमहानगरपालिका –१८ मा रहेको बेलघारी क्वरेन्टीनमा बसेका घोराही उपमहानगरपालिका–१८ का २३ वर्षीय समीर वली र तुलसीपुर उपमहानगरपालिका–५ की २१ वर्षीया सीता चौधरीको विवाह सम्पन्न भएको थियो ।
भारतको दिल्लीबाट घर फर्केर क्वरेन्टीनमा बसेका उनीहरु मायाप्रेममा रहेकाले उनीहरुकै आग्रहमा विवाह गरि दिएको वडाध्यक्ष अर्यालले बताए । आफूले पीसीआर रिपोर्ट आएपछि विवाह गर्न सुझाए पनि केटा केटी दुवैले आफ्नो संस्कार अनुसार ९ महिनामा विवाह गर्न नमिल्ने बताएपछि जेठ ३२ गते सामान्य ढंगले विवाह गराइ दिएको उनले बताए ।
उनीहरु जेठको पहिलो सातामात्रै घर फर्केर क्वरेन्टीनमा बस्दै आएका थिए । झण्डै २४ दिन क्वरेन्टीनमा अलग्गै बसेका उनीहरुको रिपोर्ट विवाह गरेको एक दिन पछि असार १ गते सोमबार आएको छ । त्यसै क्वरेन्टीनमा उनीहरुसँगै बसेका अन्य ४ जनाको रिपोर्ट पोजिटिभ आए पनि नवविवाहित जोडीको रिपोर्ट भने नेगेटिभ आएको छ ।
रिपोर्ट नेगटिभ आएकाले उनीहरुलाई घरमा एक हप्तासम्म सेल्फ क्वरेन्टीनमा बस्ने गरी डिस्चार्ज गरिएको पनि वडाध्यक्ष अर्यालले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!