२५ आषाढ २०८२, बुधबार
09-07-2025 , Wed
×

बाँकेको क्वारेन्टाइनबाट निको भएर घर जानेहरुको क्रमश सुरु

Logo
प्रकाशित मंगलबार, आषाढ ०२, २०७७

महेन्द्र सिंह
बाँके जिल्लामा कोरोनाबाट निको भएर घर जाने क्रम सुरु हुँदै गएको छ । केही समय अघिसम्म जिल्लाका १०८ वटा क्वारेन्टाइन, १३ वटा आइसोलेसन अस्पताल र सेन्टर भरिभराउ रहेकोमा अहिले आएर अधिकांश क्वारेन्टाइन खाली भैसकेका छन् भने आइसोलेसन पनि रित्तिँदै गएका छन् ।
भारतबाट आउनेहरूको ठूलो सङ्ख्याका कारण करिब १० हजार जनालाई जिल्लाका १०८ वटा क्वारेन्टाइनमा राखिएकोमा परीक्षणको परिणाम नगेटिभ आउँदै गएपछि अहिलेसम्म सात हजार २२१ जनालाई घर फिर्ता पठाइसकिएको स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ । कार्यालयका अनुसार अहिले क्वारेन्टाइनमा दुई हजार ७७६ जना मात्र रहेको र उनीहरूको पनि धमाधम परीक्षण भइरहेकोले केही दिनमै सबै घर फर्किने देखिएको छ ।
स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बाँकेमा ११ हजार ५०० बढीको आरडीटी र पीसीआर परिक्षण गरिएपछि पोजिटिभ देखिएका ३२३ जनामध्ये २०२ जना निको भएर घर फर्किसकेका छन् भने १२० जना पनि निको हुने क्रममा रहेका छन् । कोरानोबाट नरैनापुरका एकजनाको मृत्यु भएको थियो ।
बाँकेमा अहिले छ हजार ४६ जनालाई एकैपटक राख्न सक्ने गरी क्वारेन्टाइनहरूको विस्तार गरिएको तथा ४०३ जनालाई एकै पटक राख्न सक्ने गरी आइसोलेसन अस्पताल र सेन्टरहरू तयार पारिएको फोकल पर्सन श्रेष्ठले बताउनुभयो । भारतबाट आउने क्रम पनि दिनदिनै घट्दै गएकोले क्वारेन्टाइनमा पनि मानिसहरूको चाप क्रमशः घट्दैगएको छ ।
होल्डिङ सेन्टरले सहज
भारतबाट आउने नेपालीहरूको चाप केही समयअघि बढ्दैगएको र उनीहरूको राम्रो व्यवस्थापन गर्न नसकिएपछि कोरोना सङ्क्रमित बढ्न थालेकोले यहाँस्थित सीमानामा होल्डिङ सेन्टरको स्थापना गरेर भारतबाट आउनेहरूलाई व्यवस्थित तरिकाले पठाउन थालिएको छ ।
भारतबाट आउनेहरूको राम्रो व्यवस्थापन गरेर सिधै सम्बन्धित जिल्लामा पठाइकोले नै कोरोनाको सङ्क्रमण समुदायमा फैलिन नसकेको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले बताउनुभयो ।
२५ बेडको सुविधायुक्त आइसोलेसन सेन्टर सञ्चालन
यसैबीच नेपालगञ्जमा २५ बेडको सुविधायुक्त आइसोलेसन केन्द्र सञ्चालनमा आएको छ । बाँके जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन समितिले आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको हो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० आदर्शनगरस्थित नेपाल औद्योगिक विकास निगमको खाली रहेको भवनमा सुविधायुक्त आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको बाँके जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन समितिका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले बताउनुभयो । केन्द्रमा अन कल डाक्टर, स्वास्थ्यकर्मी, ल्याब सेवा, वाईफाई, टेलिभिजन, योगा लगायतका सुविधाहरू छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । पक्राउ पर्नेमा सल्यानको कपुरकोट गाउँपालिका– ३ फलाँटे घरभइ हाल घोराही उपमहानगरपालिका–१५ विपि चोक नजिकै बस्दै आएका अजय बिक रहेको प्रहरीले जनाएको छ । लोटस ट्रेनिङ सेन्टरको होस्टेलमा बस्दै आएका बिकसंग हतियार रहेको गोप्य सूचनाको आधारमा गएको प्रहरीले खानतलासी गर्दा खाटमुनि लुकाई राखेको अवस्थामा पेस्तोल र गोली बरामद गरेको हो ।  वडा प्रहरी कार्यालय घोराहीका प्रहरी निरीक्षक सुरज सिंहको कमान्डमा प्रहरी टोलीले एक […]

मधेस प्रदेश । प्रहरी कार्यालयले महोत्तरीको गौशाला इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) उत्तम सिंह भण्डारीसहित तीन प्रहरीलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान सुरु गरेको छ । व्यापारीहरूसँग जबरजस्ती रकम असुली, चेक अनादर मुद्दामा आर्थिक लाभ लिएको र बिचौलियामार्फत अनैतिक रूपमा रकम सङ्कलन गरेको गम्भीर आरोपमा उनीहरूमाथि छानबिन भइरहेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता, […]

भारतको गुजरातमा पुल अचानक भाँचिदा केही सवारी साधनहरु नदीमा खस्यो उद्धारकार्य जारी नयाँदिल्ली । वडोदरा र आणन्दलाई आपसमा जोड्ने पुलको बिचको एउटा हिस्सा भाँचिएको हो । गम्भीरा नाम गरिएको सो पुल भाँचिएलगत्तै कांग्रेस आईका नेता तथा विधानसभामा विपक्षी नेता अमित चावडाले सामाजिक सञ्जालमार्फत उद्धारका लागि सरकारलाई अपिल गरेका छन् । उनले यातायातका लागि वैकल्पिक व्यवस्था […]

error: Content is protected !!