१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
×

बाँकेको क्वारेन्टाइनबाट निको भएर घर जानेहरुको क्रमश सुरु

Logo
प्रकाशित मंगलबार, आषाढ ०२, २०७७

महेन्द्र सिंह
बाँके जिल्लामा कोरोनाबाट निको भएर घर जाने क्रम सुरु हुँदै गएको छ । केही समय अघिसम्म जिल्लाका १०८ वटा क्वारेन्टाइन, १३ वटा आइसोलेसन अस्पताल र सेन्टर भरिभराउ रहेकोमा अहिले आएर अधिकांश क्वारेन्टाइन खाली भैसकेका छन् भने आइसोलेसन पनि रित्तिँदै गएका छन् ।
भारतबाट आउनेहरूको ठूलो सङ्ख्याका कारण करिब १० हजार जनालाई जिल्लाका १०८ वटा क्वारेन्टाइनमा राखिएकोमा परीक्षणको परिणाम नगेटिभ आउँदै गएपछि अहिलेसम्म सात हजार २२१ जनालाई घर फिर्ता पठाइसकिएको स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ । कार्यालयका अनुसार अहिले क्वारेन्टाइनमा दुई हजार ७७६ जना मात्र रहेको र उनीहरूको पनि धमाधम परीक्षण भइरहेकोले केही दिनमै सबै घर फर्किने देखिएको छ ।
स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बाँकेमा ११ हजार ५०० बढीको आरडीटी र पीसीआर परिक्षण गरिएपछि पोजिटिभ देखिएका ३२३ जनामध्ये २०२ जना निको भएर घर फर्किसकेका छन् भने १२० जना पनि निको हुने क्रममा रहेका छन् । कोरानोबाट नरैनापुरका एकजनाको मृत्यु भएको थियो ।
बाँकेमा अहिले छ हजार ४६ जनालाई एकैपटक राख्न सक्ने गरी क्वारेन्टाइनहरूको विस्तार गरिएको तथा ४०३ जनालाई एकै पटक राख्न सक्ने गरी आइसोलेसन अस्पताल र सेन्टरहरू तयार पारिएको फोकल पर्सन श्रेष्ठले बताउनुभयो । भारतबाट आउने क्रम पनि दिनदिनै घट्दै गएकोले क्वारेन्टाइनमा पनि मानिसहरूको चाप क्रमशः घट्दैगएको छ ।
होल्डिङ सेन्टरले सहज
भारतबाट आउने नेपालीहरूको चाप केही समयअघि बढ्दैगएको र उनीहरूको राम्रो व्यवस्थापन गर्न नसकिएपछि कोरोना सङ्क्रमित बढ्न थालेकोले यहाँस्थित सीमानामा होल्डिङ सेन्टरको स्थापना गरेर भारतबाट आउनेहरूलाई व्यवस्थित तरिकाले पठाउन थालिएको छ ।
भारतबाट आउनेहरूको राम्रो व्यवस्थापन गरेर सिधै सम्बन्धित जिल्लामा पठाइकोले नै कोरोनाको सङ्क्रमण समुदायमा फैलिन नसकेको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले बताउनुभयो ।
२५ बेडको सुविधायुक्त आइसोलेसन सेन्टर सञ्चालन
यसैबीच नेपालगञ्जमा २५ बेडको सुविधायुक्त आइसोलेसन केन्द्र सञ्चालनमा आएको छ । बाँके जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन समितिले आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको हो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० आदर्शनगरस्थित नेपाल औद्योगिक विकास निगमको खाली रहेको भवनमा सुविधायुक्त आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको बाँके जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन समितिका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले बताउनुभयो । केन्द्रमा अन कल डाक्टर, स्वास्थ्यकर्मी, ल्याब सेवा, वाईफाई, टेलिभिजन, योगा लगायतका सुविधाहरू छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले देश, समाज तथा लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका तथा जनआन्दोलनका क्रममा सहादत प्राप्त गरेका राष्ट्रिय व्यक्तित्वहरूको सम्मानस्वरूप पुनःनिर्माण गरिएका ऐतिहासिक सालिकहरूको एक कार्यक्रमबीच अनावरण गरेको छ । नगर प्रमुख प्रशान्त विष्टले बिहान विभिन्न स्थानमा स्थापित ६ वटा सालिकको अनावरण गरेका हुन् । संविधान पिता, नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री […]

दाङ । वर्तमान समयमा विश्वभर बढ्दो जनसंख्या, सहरीकरण र उपभोगको संस्कृतिका कारण फोहोर व्यवस्थापन ठूलो चुनौती बनेको छ। पहिले फोहोरलाई केवल वातावरण प्रदूषण गर्ने वस्तुका रूपमा हेरिन्थ्यो, तर अहिले यसलाई आर्थिक स्रोतका रूपमा उपयोग गर्ने अवधारणा विकसित भएको छ। “फोहोरबाट मोहर” भन्ने भनाइको अर्थ पनि यही हो—उचित व्यवस्थापन, पुनःप्रयोग (Reuse), पुनर्चक्रण (Recycle) र नयाँ उत्पादनमार्फत […]

केही दिन यता ठगहरूले गर्ने ३ वटा सबैभन्दा धेरै प्रयोग हुने जाल तपाईंको खाता बन्द हुन्छ बैंक, इन्स्योरेन्स, NTC, Ncell को नाममा फोन लक्की ड्रमा पर्नुभयो, उपहार पठाउँछु त्यसको लागि OTP माग्ने SCREEN SHARE गरिदिनुस्” AnyDesk, TeamViewer जस्ता एप डाउनलोड गर्न लगाएर तपाईंको फोन आफैं चलाउने OTP नभन्नुस् बैंक र वालेटले कहिल्यै फोन गरेर OTP […]

error: Content is protected !!