२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सिसहनिया प्रहरी चौकी भवनको शिलान्यास एसपी चंन्दबाट

Logo
प्रकाशित मंगलबार, आषाढ ०२, २०७७

बिदुर एमसी
दाङ देउखुरी सिसहनियाँ प्रहरी चौकीमा नयाँ बन्न लागेको भवनको मंगलबार शिलान्यास गरिएको छ । राप्ती गाउँपालिका ५ प्रगतिनगर सिसहनियाँमा रहेको प्रहरी चाैकीमा नयाँ बन्न लागेको भवनको शिलान्यास जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले गर्नु भएको छ ।
भाैतिक पुर्वधार निर्देशानालय शाखाबाट यस वर्ष प्राप्त भएको भ्याट सहित १९ लाख रकमबाट पहिलो तल्ला ४ कोठा,दोस्रो तल्ला ४ कोठा र तेस्रो तल्ला २ कोठा गरी १० कोठाको भवन शिलान्यास गरिएको हो । जसमा २ वटा हिरासत कक्ष, १ वटा गार्ड कक्ष, १ वटा इन्चार्ज कक्ष, १ वटा अफिस कक्ष र वाथरूम तथा शाैचालय रहने जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी चंन्दले जानकारी दिनुभएको छ। सो बजेटले यस वर्ष जग ढलानको काम मात्र हुने बताएका छन् । बन्न लागेको भवनको साढे १५ मिटर लम्बाई र साढे १० मिटर चौडाई रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!