२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

सिसहनिया प्रहरी चौकी भवनको शिलान्यास एसपी चंन्दबाट

Logo
प्रकाशित मंगलबार, आषाढ ०२, २०७७

बिदुर एमसी
दाङ देउखुरी सिसहनियाँ प्रहरी चौकीमा नयाँ बन्न लागेको भवनको मंगलबार शिलान्यास गरिएको छ । राप्ती गाउँपालिका ५ प्रगतिनगर सिसहनियाँमा रहेको प्रहरी चाैकीमा नयाँ बन्न लागेको भवनको शिलान्यास जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले गर्नु भएको छ ।
भाैतिक पुर्वधार निर्देशानालय शाखाबाट यस वर्ष प्राप्त भएको भ्याट सहित १९ लाख रकमबाट पहिलो तल्ला ४ कोठा,दोस्रो तल्ला ४ कोठा र तेस्रो तल्ला २ कोठा गरी १० कोठाको भवन शिलान्यास गरिएको हो । जसमा २ वटा हिरासत कक्ष, १ वटा गार्ड कक्ष, १ वटा इन्चार्ज कक्ष, १ वटा अफिस कक्ष र वाथरूम तथा शाैचालय रहने जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी चंन्दले जानकारी दिनुभएको छ। सो बजेटले यस वर्ष जग ढलानको काम मात्र हुने बताएका छन् । बन्न लागेको भवनको साढे १५ मिटर लम्बाई र साढे १० मिटर चौडाई रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]