२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङमा स्वास्थ्यकर्मी संक्रमित भएपछि वडा र स्वास्थ्य सिल

Logo
प्रकाशित मंगलबार, आषाढ ०२, २०७७

एबिसी संचार
दाङ घोराही उपमहानगरपालिका भित्रका बिभिन्न वडामा स्वास्थ्यकर्मी संक्रमित भएपछि उनीहरुले काम गर्ने स्वास्थ्य कार्यालय र उनीहरु आउआउ गरेका वडा कार्यालयमा सिल गरिएको छ । जसअनुसार घोराही ३ को कार्यालय सिल गरिएको छ, जहाँ संक्रमित स्वास्थ्यकर्मी बस्ने गरेका थिए ।
त्यस्तै वडा नम्बर ४ मा रहेको स्वास्थ्यचौकी पनि सिल गरिएको छ, जहाँ दुइ स्वास्थ्यकर्मी संक्रमित भएका थिए । त्यसैगरी वडा नम्बर २ को शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रको कार्यालय पनि सिल गरिएको छ ।
भोलिदेखि संक्रमित स्वास्थ्यकर्मी र वडा नम्बर १७ तथा १८ का संक्रमितको परिवारको कन्ट्रयाक्ट ट्रेसिङ र स्वाब संकलन शुरु गरिने घोराही उपमहानगर पालिकाका मेयर नरुलाल चौधरीले जानकारी दिनुभयो । घोराही १७ का १७ र घोराही १८ का दुइ जना रिपोर्ट नआउँदै घरमा गएकाले कन्ट्रयाक्ट ट्रेसिङ गर्नुपरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]