०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

तुल्सीपुर प्रहरीले लागुऔषधसंग जोडिएका व्यक्तिहरुको डाटा संकलन गर्दै

Logo
प्रकाशित बुधबार, आषाढ ०३, २०७७

एबिसी संचार दाङ ईलाका प्रहरी कार्यालय तुल्सीपुरले घटनाको मुख्य पात्रका रुपमा ब्राउनसुगर, गाँजा, टयाबलेट, चरेस, हुक्का तान्ने तथा मादकपदार्थ सेवन गर्ने व्यक्तिहरु नै भएकाले पहिलो चरणमा त्यस्ता व्यक्तिहरुको लगत संकलन गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव सिंहले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरको तथ्याङ्क अनुसार सबै भन्दा बढी लागुऔषध दुव्र्यसनी बेलुवामा २९ जना छन् ।
त्यसैगरी हेकुलीमा २४ , गोटीखोलामा २३, तुलसीपुरको बसपार्कमा २०, बेलझुण्डीमा १८ , तुलसीपुर बजारमा १५, खाद्रेमा १० , पर्सेनीमा ११ , बिजौरीमा १२ , बागरमा १२ , जसपुरमा ११ , गोल्टाकुरीमा ८, फूलबारीमा ६ र मलवारमा ६ जनागरी २ सय १५ जना लागुऔषध सेवन तथा विक्रीकर्ता रहेको त्यहाँ स्थित प्रहरी चौकीले जानकारी दिएका छन् ।
कुलतमा फसेका ती क्षेत्रका युवकहरुलाई सम्बन्धित क्षेत्रका प्रहरी चौंकीमा बोलाएर बाबुआमाको रोहबरमा सम्झाई बुझाई गरेर पठाएको ईलाका प्रहरी तुल्सीपुरले जनाएको छ ।
त्यसैगरी धरै अपराध र ड्रग्सहरुको चलहलपहल हुने क्षेत्रलाई पनि प्रहरीले निगरानीमा राखेको छ ।
प्रहरीको सूचिमा परेका संवेदनशिल क्षेत्र
प्रहरीको संवेदनशील सूचिमा परेका तुलसीपुरको रानी जरुवा, बरुवागाउँ, महेन्द्र स्कुल, संगीतनगर टोल, हिमाल बोडीङ स्कुल क्षेत्र, गोटीखोलालाई प्रहरीले उच्च निगरानीमा राखेको छ ।
यी क्षेत्रमा घटना घटेको पाँच मिनेटमा पुग्ने गरी प्रहरीले चारवटा क्युआरटी प्रहरीको टोलीलाई तयारी अवस्थामा राखेको छ । त्यसैगरी यी सम्भावित जोखिम क्षेत्रलाई आधार बनाएर प्रहरीले गाडी सहितको मोबाईल टोलीलाई पनि परिचालन गरेको छ ।
एक महिनामा लागुऔषध र गुण्डागर्दी नियन्त्रण गर्ने दाबी गरेका ईलाका प्रहरी कार्यालय तुलसीपुरका इन्चार्ज तथा प्रहरी नायव उपरीक्षक शिवबहादुर सिहले तुलसीपुर क्षेत्रमा हुने गरेका अपराधका प्रकृतिको विषयमा गहिरो अध्यन गरिरहेको बताउनुभयो ।
‘मेलै तुलसीपुर क्षेत्रमा हुने अपराधलाई हेरे । सबै भन्दा बढी दुव्र्यसनी र मापसे भएको पाएँ ,’ त्यसैले त्यस्ता व्यक्तिको पहिचानका लागि मातहतका युनिटहरुलाई परिचालन गरेर लगत संकल गरेको छु ।’
अपराध नियन्त्रणमा लाग्नु प्रहरीको नियमित काम भएपनि अलि फरक ढंगले तुलसीपुर क्षेत्रमा हुने क्राईमलाई नियन्त्रण गर्न लागि परेको प्रनाउ सिहले बताउनुभयो ।
घटना हरेक समुदायमा हुने त्यहाँका समुदायलाई प्रहरीलाई भन्दा पहिला जानकारी हुने भएकाले अपराध नियन्त्रणका लागि गाउँ गाउँमा पुगेर स्थानीयसंग छलफल गरिहेको उहाँले बताउनभयो ।
चुल्ठे मुन्द्रेको कपाल काट्दै तुलसीपुर प्रहरी
ईलाका प्रहरी कार्यालय तुलसीपुरले एकै दिन १५ जना युवकको कपाल काटेको छ । अपराध नियन्त्रण अभियानमा जुटेको प्रहरीले तुलसीपुर बजारबाट नियन्त्रणमा लिएका ती युवकहरुको कपाल बाबु–आमाको सहमतिमा काटेको हो ।
समाजमा उछृङखल, गतिविधि गर्ने, लागुऔषध सेवन गर्ने, कानमा मुन्द्रा लगाएका र गाउँ समाजमा होहल्ला गर्दै हिड्ने ती युवकहरुको आचरणमा सुधार ल्याउन कपाल काटिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा प्रवक्ता चक्र डम्बरपालले जानकारी दिनुभयो ।
‘जसको पायो त्यसको कपाल काट्दैनौ,’ प्रवक्ता डम्बरपालले भन्नुभयो –‘जसले समाजमा हुलहुज्जगत गर्छ । उछृङखुल गतिविधि गर्छ । लागुऔषध दुव्र्यसनी छ । त्यस्तालाई नियन्त्रणमा लिएर बाबु–आमाको सहमतिमा कपाल काटिदिन्छौं ।’
नियन्त्रणमा लिएका युवकहरुलाई कपाल काटेर आउन भने पनि लगएपछि सम्पर्कमा नआएकाले नाउलाई बोलाएर कपाल काटीदिने गरेको डिएसपी सिंहले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका लागि प्रस्थान गरेका हुन्। उनी कतार एयरवेजको ‘क्यूटीआर-६४५’ कल साइनको बोइङ ७८७-८ ड्रिमलाइनर जहाजबाट अमेरिका प्रस्थान गरेका छन्। उनी अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासघमा सहभागी हुनेछन्। उनले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यो प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण हो। काठमाडौँबाट कतारको दोहा हुँदै अमेरिका […]

अबको आन्दोलन सडकमै बस्ने, सडकमै खाने, सडकमै सुत्ने हुनेछ : स्थानीयवासीहरू घोराही । घोराही–सिस्ने खोला–मुर्कुटी सडक निर्माणका लागि ठोस योजना नबनाइए तिहारपछि कडा आन्दोलनमा उत्रिने स्थानीयवासीहरूले चेतावनी दिएका छन्। वर्षौं बितिसक्दा पनि सडकको अवस्था सुधार नभएको भन्दै मंगलबार विभिन्न टोल विकास संस्था तथा स्थानीयवासीका प्रतिनिधिहरूले सडक डिभिजन कार्यालय दाङमा पुगेर यस्तो चेतावनी दिएका हुन्। स्थानीयवासीका […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँके कार्यसम्पादन मूल्याङ्कनमा लगातार तेस्रो महिनासमेत देशभरकै उत्कृष्ट बनेको छ। ‘क’ श्रेणीमा रहेका १२ जिल्ला प्रहरी कार्यालयमध्ये बाँकेले असार, साउन र भदौमा लगातार पहिलो स्थान हासिल गरेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो नौ महिनाको मूल्याङ्कनमा बाँके पाँचपटक प्रथम र एकपटक दोस्रो भएको छ। यसअघि चैत र वैशाखमा पनि बाँके […]