२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सरकारले बिदेशबाट आउने उडान एकाएक रद्द गरेयो

Logo
प्रकाशित बुधबार, आषाढ ०३, २०७७

एबिसी संचार
काठमाडौँ सरकारले विदेशमा समस्यामा परेका नागरिकलाई स्वदेश फिर्ताका लागि तय गरेका उडान एकाएक रद्द भएका छन् ।
सम्बन्धित देशमा रहेका दूतावासले प्राविधिक कारण देखाउँदै उडान धमाधाम रद्द गर्न थालेपछि यस्तो स्थिति आएको हो । सरकारले यसअघि तय गरेको कार्यतालिका अनुसार असार २ गते संयुक्त अरब इमिरेट्स (यूएई), कतारमा रहेका नेपाली स्वेदश फर्किनु पर्ने हो । तर ती देशमा रहेका राजदूतावासले उडानहरू रद्द गर्दा त्यहाँ रहेका नेपाली स्वदेश फर्कन सकेका छैनन् । मङ्गलबारसम्म खाडी मुलुबाट पाँचवटा उडान रद्द भएका छन् ।
साउदी अरबबाट असार १ गते वा सोमबार हुने भनेको हिमालयन एयरलाइन्सको उडान रद्द भएको छ । दूतावासले प्राविधिक समस्याले उडान रद्द भएकाले रोकिएको उडान असार ४ गते हुने जनाएको छ । सरकारले साउदीमा समस्यामा परेका नेपालीलाई ल्याउन असार १ गते, ४ गते, ५ गते र १० गते उडान हुने तय भएको थियो । अरू उडानबारे दूतावासले अहिले जानकारी दिएको छैन ।
यस्तै मलेसियाबाट असार १ गते वा सोमबार हुने भनिएको उडान पनि प्राविधिक समस्या देखाउँदै रद्द भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई)बाट असार २ गते र ४ गते वा यही मङ्गलबार र बिहीबारका लागि तय गरिएका उडान पनि दूतावासले सूचना निकालेर रद्द भएको जानकारी गराएको छ । दूतावासको सूचनामा नेपाल एअरलाइन्सले त्यहाँ समस्यामा परेका नेपाली नागरिकको स्वदेश फिर्ताका लागि तय भएका चार्टर्ड उडान प्राविधिक कारणले रद्द भएको यूएईस्थित नेपाली दूतावासले जनाएका छन् । यूएईमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ताका लागि असार २ गते, ४ गते, ६ गते र असार ९ गते उडान तालिका तय भएको थियो । मङ्गलबारको उडान रद्द भइसकेकाले पछिल्ला उडानमा पनि असर पर्ने देखिन्छ ।
कतारको दोहाबाट मङ्गलबार र बुधबार हुने चार्टर्ड उडान रद्द भएको छ । कतारमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ताका लागि तय भएको उडान प्राविधिक कारणले रद्द भएको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ । अर्को उडान कहिले हुने भन्ने दूतावासले खुलाएको छैन । यसअघिको तालिका अनुसार २ गते, ३ गते, ६ गते र ८ गतेका लागि समय तय गरिएको थियो । यस्तै बहराइनबाट त्यहाँ समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि तय भएको असार ३ गते वा बुधबारको उडान पनि असार असार ७ गते हुने बहराइनस्थित नेपाली दूतावासले जनाएको छ । ओमानमा समस्यामा परेका नेपाली १६६ जना नेपाली दूतावासको तालिका अनुसार सोमबार फर्किएका छन् । दोस्रो उडान असार ४ गते हुने त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । गोर्खापत्रबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!