३० फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

सरकारले बिदेशबाट आउने उडान एकाएक रद्द गरेयो

Logo
प्रकाशित बुधबार, आषाढ ०३, २०७७

एबिसी संचार
काठमाडौँ सरकारले विदेशमा समस्यामा परेका नागरिकलाई स्वदेश फिर्ताका लागि तय गरेका उडान एकाएक रद्द भएका छन् ।
सम्बन्धित देशमा रहेका दूतावासले प्राविधिक कारण देखाउँदै उडान धमाधाम रद्द गर्न थालेपछि यस्तो स्थिति आएको हो । सरकारले यसअघि तय गरेको कार्यतालिका अनुसार असार २ गते संयुक्त अरब इमिरेट्स (यूएई), कतारमा रहेका नेपाली स्वेदश फर्किनु पर्ने हो । तर ती देशमा रहेका राजदूतावासले उडानहरू रद्द गर्दा त्यहाँ रहेका नेपाली स्वदेश फर्कन सकेका छैनन् । मङ्गलबारसम्म खाडी मुलुबाट पाँचवटा उडान रद्द भएका छन् ।
साउदी अरबबाट असार १ गते वा सोमबार हुने भनेको हिमालयन एयरलाइन्सको उडान रद्द भएको छ । दूतावासले प्राविधिक समस्याले उडान रद्द भएकाले रोकिएको उडान असार ४ गते हुने जनाएको छ । सरकारले साउदीमा समस्यामा परेका नेपालीलाई ल्याउन असार १ गते, ४ गते, ५ गते र १० गते उडान हुने तय भएको थियो । अरू उडानबारे दूतावासले अहिले जानकारी दिएको छैन ।
यस्तै मलेसियाबाट असार १ गते वा सोमबार हुने भनिएको उडान पनि प्राविधिक समस्या देखाउँदै रद्द भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई)बाट असार २ गते र ४ गते वा यही मङ्गलबार र बिहीबारका लागि तय गरिएका उडान पनि दूतावासले सूचना निकालेर रद्द भएको जानकारी गराएको छ । दूतावासको सूचनामा नेपाल एअरलाइन्सले त्यहाँ समस्यामा परेका नेपाली नागरिकको स्वदेश फिर्ताका लागि तय भएका चार्टर्ड उडान प्राविधिक कारणले रद्द भएको यूएईस्थित नेपाली दूतावासले जनाएका छन् । यूएईमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ताका लागि असार २ गते, ४ गते, ६ गते र असार ९ गते उडान तालिका तय भएको थियो । मङ्गलबारको उडान रद्द भइसकेकाले पछिल्ला उडानमा पनि असर पर्ने देखिन्छ ।
कतारको दोहाबाट मङ्गलबार र बुधबार हुने चार्टर्ड उडान रद्द भएको छ । कतारमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ताका लागि तय भएको उडान प्राविधिक कारणले रद्द भएको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ । अर्को उडान कहिले हुने भन्ने दूतावासले खुलाएको छैन । यसअघिको तालिका अनुसार २ गते, ३ गते, ६ गते र ८ गतेका लागि समय तय गरिएको थियो । यस्तै बहराइनबाट त्यहाँ समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि तय भएको असार ३ गते वा बुधबारको उडान पनि असार असार ७ गते हुने बहराइनस्थित नेपाली दूतावासले जनाएको छ । ओमानमा समस्यामा परेका नेपाली १६६ जना नेपाली दूतावासको तालिका अनुसार सोमबार फर्किएका छन् । दोस्रो उडान असार ४ गते हुने त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । गोर्खापत्रबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!