२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बाँकेको कोहलपुर अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना सङ्क्रमण

Logo
प्रकाशित बुधबार, आषाढ ०३, २०७७

महेन्द्र सिंह बाँके कोहलपुर जेठ ३० गते अस्पताल भर्ना भएकी बाँकेको बैजनाथ गाँउपालिका ६ कि ४६ वर्षीया महिलाको सोमबार बेलुका मृत्यु भएको थियो ।
दायाँ फोक्सामा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी महिलाको सोही दिन स्वाब सङ्कलन गरिएको थियो । कोरोना परीक्षणको रिपोर्ट आउनुभन्दा एक दिनपहिले नै ती महिलाको ज्यान गएको हो । मङ्गलबार आएको रिपोर्टमा ती महिलामा कोरोना सङ्क्रमण देखिएको अस्पतालका एक उच्च अधिकारीले जनाएका छन् ।
ती महिलाको आइसियुमा राखेर उपचार गरिएकोले आइसियुलाई सिल गरिएको छ भने महिलाको उपचारमा संलग्न सबै स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालयका काेराेना फाेकल पर्सन नरेश श्रेष्ठले बताउनुभयाे । तर अस्पतालले भने यसबारे कुनै आैपचारिक जानकारी गराएकाे छैन । बैजनाथकी महिलाको मृत्युुसँगै बाँकेमा काेराेनाबाट मर्नेको सङ्ख्या दुई पुगेकाे छ ।
यसअघि जिल्लाकाे नरैनापुरमा भारतकाे मुम्बईबाट अाएका एक युवककाे क्वारेन्टाइनमा मृत्यु भएको थियोे । झाडा पखाला लागेर नरैनापुर नयाँबस्तीका ती युवकको मृत्युपछि परीक्षण गर्दा काेराेना पुष्टि भएको थियो । गोर्खापत्रबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!