२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

दलित सञ्जाल राप्ती गाउँपालिकाले भालुवाङ्गमा राहत वितरण गर्यो

Logo
प्रकाशित बुधबार, आषाढ ०३, २०७७

बिदुर एमसी दाङको देउखुरी भालुवाङ्गमा दलित सञ्जाल राप्ती गाउँ पालिकाद्वारा राहत वितरण कार्यक्रम सम्पन्न गरिएको छ । गाउँ पालिकाकाे वडा नम्बर १ भित्र रहेका अति विपन्न घर परिवारलाई राहत दिने कार्यक्रम रहेको सञ्जालका अध्यक्ष शेरबहादुर सुनारले जानकारी दिएका छन् । विश्व मानव समुदाय काेभिड 19, काेराेना भाइरसको सङ्क्रमणबाट गुज्रिरहेकाे र नेपाल पनि त्यसैअनुरूप कोरोनासित जुधिरहेको वर्तमान सन्दर्भमा मानव कसरी बाच्ने र बचाउने त ? भन्ने गहन जिम्मेवारी बोकेर आफ्नो सञ्जालले साे राहत वितरण गरेको अध्यक्ष सुनारले बताएका छन् । देउखुरीकाे राप्ती गाउँ पालिकाद्वारा दलित तथा विपन्न वर्गका लागि चेतना शिपमूलक कार्यक्रमका लागि विनियोजन गरिएको ४ लाख रकमबाट उक्त राहत बाडिएको सञ्जालका युवा सुरज परियारले बताए । राप्ती गाउँपालिकाभित्र बसाेबास गर्दै आएका अति विपन्न ६ सय ६० घरधुरीहरुलाई राहत पुर्याउने लक्ष्य रहेको सो सञ्जालका अर्का सदश्य श्रीबहादुर परियारले जानकारी गराए । जस अन्तर्गत वडा नम्बर १ मा बस्ने २ सय ०७ अति विपन्न घरधुरीले उक्त राहत प्राप्त गरेका छन् । जसमा झण्डै ३० घरधुरी गैर दलितहरुले पनि सो राहत पाउने अति विपन्न वर्गभित्र रहेका परियारले बताए । १ घरधुरी बराबर ५ किलो गहुँको पिठो, २ किलो दाल, १ पोका खानेतेल र १ पिस सावुन आदि राहत प्राप्त गरेका छन राप्ती गाउँ पालिका वडा नम्बर १ का वडाध्यक्ष ताराबहादुर डिसीकाे प्रमुख अातिथ्यतामा भएको राहत वितरणकाे औपचारिक कार्यक्रममा सध्जालका अध्यक्ष शेरबहादुर सुनारले गरेका थिए भने सञ्जालका युवा सदश्य अनिल परियारले औपचारिक कार्यक्रमको सहजीकरण गरेका थिए । राहत वितरण कार्यक्रम विभिन्न चरणमा गरि वडा नम्बर १ काे भालुवाङ्गमा मङ्गलवार सम्पन्न गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई सेवा नरोक्न चेतावनी दिएको छ । बिहीबार भारतबाटै सेवा रोकिएको भन्दै स्टन्ट गरेपछि प्राधिकरणले स्थलगत अनुगमन गरेको हो । इन्टरनेट सेवा प्रदायकले सटही सुविधा नपाएको भन्दै सेवा रोकेपछि प्राधिकरणले वल्डलिंक कम्युनिकेसन भायोनेट लगायत इन्टरनेट सेवा प्रदायकको अफिस पूगी चेतावनी दिएको हो । प्राधिकरणबाट जारी विज्ञप्तिमा भनिएको […]

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]