०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

काठमाडौंमा जुवा खेल्ने २८ जना पक्राउ

Logo
प्रकाशित बुधबार, आषाढ ०३, २०७७

एबिसी संचार
काठमाडौं टोखा नगरपालिका-११ बानियाटार डेरा गरी बस्ने मञ्जु मगरको कोठामा जुवातास खेलिरहेका काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने मकवानपुर थाहा नगरपालिका-७ घर भएकी ३७ वर्षीया बसुन्धारा केसी लगायत १२ जनालाई नगद २ लाख ७१ हजार रुपैयाँ र ३ बुक तास सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, कीर्तिपुर नगरपालिका-६ चौभार टौदहस्थित हरि महर्जनको घरमा जुवा खेलिरहेका सोही ठाउँ बस्ने ३८ वर्षीय राम खड्का लगायत १० जनालाई नगद ५५ हजार ९ सय १० रुपैयाँ र ४ बुक तास सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
चितवन, खैरहनी नगरपालिका-४ कुनाघारी बस्ने ३१ वर्षीय गुड बहादुर गुरुङको घरमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने ३५ वर्षीय ईन्द्र जंग थापा लगायत ६ जनालाई नगद ३३ हजार ९ सय ३० रुपैयाँ र ३ बुक तास सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!