२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङमा ५ किलो लागूऔसध सहित लालमटियाबाट एकजना पक्राउ

Logo
प्रकाशित बुधबार, आषाढ ०३, २०७७

सागर थापा/बिदुर एमसी दाङ भालुवाङ्ग अवैध लागू औसध बोकेर हिड्दै गरेको अबस्थामा लालमटियाकाे शान्तिनगर भन्ने ठाउँबाट एक युवा पक्राउ परेका छन दाङ्गको देउखुरी राप्ती गाउँ पालिका वडा नम्बर १, भालुवाङ्ग निवासी राज पुनलाई विशेष गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङको प्रहरी टाेलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दले बताए । विशेष सूचनाको अाधारमा मङ्गलवारकाे राति करिब १०:३० बजेतिर राप्ती गाउँ पालिका वडा नम्बर २, लालमटियाकाे शान्ति नगरबाट पुनलाई समातिएको हाे । त्यसरी समातिएका पुनकाे साथबाट झोलामा बोकेर हिडिरहेका क्रममा खाेलेर हेर्दा अवैध मानिने लागूऔसध अफिमको लेदोजस्तो बस्तु ५ वटा अलगअलग प्लास्टिकका थैलोमा प्याकिङ्ग गरिएका जम्मा ५ किलो तौल बराबरको उक्त अवैध लागूऔषध बरामद गरिएको थियो । सो शड्ढास्पद मानिने लागूऔषध अनुसन्धानका लागि सुरक्षित राख्नुका साथै निज पुनलाई अनुसन्धान गरि उचित कारवाहीका लागि इलाका प्रहरी कार्यालय भालुवाङ्गमा राखिएको दाङ प्रहरी प्रमुख एसपी चंन्दले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!