२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

प्रहरीमाथि अभद्र व्यवहार गर्ने ३ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, आषाढ ०४, २०७७

एबिसी संचार
पर्सा प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा पटेर्वासुगौली गाउँपालिका-५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय निचुटाबाट ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पटेर्वा सुगौली गाउँपालिका-५ बस्नेहरु २८ वर्षीय श्रीराम चमार, ३२ वर्षीय श्रीराम चमार र २६ वर्षीय रामबालक हजरा दुसास रहेका छन् ।
गत जेठ ३१ गते राति सोही विद्यालयमा रहेको क्वारेनटाईनमा मादक पदार्थ सेवन गरी हो-हल्ला गर्दै भित्र छिरेका उनीहरुलाई रोक्न खोज्दा प्रहरीलाई नै गाली गलौच तथा अभद्र व्यवहार गरेपछि प्रहरीले पक्राउ गरेको हो ।
उनीहरु उपर सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई सेवा नरोक्न चेतावनी दिएको छ । बिहीबार भारतबाटै सेवा रोकिएको भन्दै स्टन्ट गरेपछि प्राधिकरणले स्थलगत अनुगमन गरेको हो । इन्टरनेट सेवा प्रदायकले सटही सुविधा नपाएको भन्दै सेवा रोकेपछि प्राधिकरणले वल्डलिंक कम्युनिकेसन भायोनेट लगायत इन्टरनेट सेवा प्रदायकको अफिस पूगी चेतावनी दिएको हो । प्राधिकरणबाट जारी विज्ञप्तिमा भनिएको […]

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]