१० भाद्र २०८३, बुधबार
26-08-2026 , Wed
×

अख्तियारले भेरी अस्पतालमामाथि छानबिन सुरु गरयो

Logo
प्रकाशित बिहिबार, आषाढ ०४, २०७७

एबिसी संचार बाँके कोरोना भाइरस टेष्ट गर्ने मेशिन लगायत विभिन्न मेडिकल उपकरण खरिदमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले भेरी अस्पतालमा छानविन थालेको हो । संघीय सरकार मातहत रहेको भेरी अस्पतालविरूद्ध अख्तियारमा उजुरी दर्ता भएको छ ।
अख्तियारका दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगन्जका सूचना अधिकारी लोकमणी पाण्डेले बायो मेडिकल इक्वीपमेन्ट लगायतका मेडिकल उपकरण र औजारहरू टेण्डरबीनै खरिद गरी आर्थिक चलखेल तथा अनियमितता गरेको भन्दै भेरी अस्पतालविरूद्ध अख्तियारमा उजुरी दर्ता भएको बताए ।
दुई दिनअघि दर्ता भएको उजुरीमा कोभिड–१९ को निहुँमा अस्पतालले खरिद गरेका उपकरण तथा औजारहरू सरकारको खरिद ऐन तथा नियमावली विपरित टेण्डरबिनै खरिद गरेको उल्लेख गरिएको अख्तियारले जनाएको छ । उजुरी दर्ता भएपछि अस्पतालसँग उक्त उजुरीका बारे स्पष्टिकरण सोधिएको अख्तियारका सूचना अधिकारी पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार अख्तियारले ७ दिनको म्याद दिएर भेरी अस्पताललाई बायो मेडिकल इक्वीपमेन्ट कागजजात खरिद रसिद, टेण्डर आव्हानको प्रक्रियासँग खरिदको प्रक्रियाका बारे स्पष्ट लिखित जवाफ पठाउन अख्तियारले बुधबार पत्राचार गरिसकेको छ । ‘अहिले स्पष्टिकरण सहितका कागतजात माग गरिएको छ,’ उनले भने ।
अख्तियारका सूचना अधिकारी पाण्डेले अस्पतालले कागजातसहित स्पष्टिकरण पेश गरेपछि अख्तियारले आवश्यक अनुसन्धानको प्रक्रिया अघि बढाउने बताए । भेरी अस्पतालमा कोरानाको टेष्टका तथा अन्य प्रयोजनका लागि करोड माथिको मेडिकल उपकरण खरिद गरिएको छ । उक्त उजुरीमा भेरी अस्पतालमा बायो मेडिकल इक्वीपमेन्ट खरिदमा मात्र नभई अस्पतालकै अन्य उपकरण औजार तथा विविध सामग्री खरिदमा पनि चरम आर्थिक चलखेल हुँदै आएको उल्लेख गरिएको पाण्डेले जानकारी दिए ।
अस्पतालमा दरबन्दी अनुसार कर्मचारीले आफ्नो दरबन्दीभन्दा फरक ढंग र पदमा बसेर काम गर्दा यहाँ आर्थिक चलखेल बढ्ने क्रम विगतदेखि अहिलेसम्म नरोकिएको भन्दै उक्त उजुरीमा तत्काल आवश्यकीय अनुसन्धान गर्न माग गरिएको अख्तियारले जनाएको छ । भेरी अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डाक्टर प्रकाशबहादुर थापाले उजुरी परेको स्वीकार्दै अख्तियारले सामान्य सोधपुछ गरेको बताए । उनले भने, ‘हामीहरू गलत छैनौं, उजुरी पर्दैमा आत्तिनुपर्दैन ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । हर्ड इन्टरनेसनलको पराग सेचन परियोजनाअन्तर्गत घोराही उपमहानगरपालिका–१४ स्थित लखन पार्कमा पराग सेचनका लागि उपयोगी बहुमूल्य फूल तथा अत्यावश्यक वनस्पतिका बिरुवा रोपिएको छ। परियोजनाले आगामी तीन वर्षसम्म पार्कमा आवश्यक पर्ने विभिन्न जातका फूल तथा वनस्पतिका बिरुवा उपलब्ध गराउने भएको छ। परियोजनाअन्तर्गत मंगलबार आयोजित कार्यक्रममा लखन पार्क परिसरमा विभिन्न प्रजातिका फूल तथा वनस्पतिका बिरुवा वृक्षारोपण […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलिले गोप्य सूचनाको आधारमा नेपालगञ्ज उपमहानगरपालिका–१० आदर्शनगर र वडा नं. २ सुर्खेत रोडस्थित ३ वटा स्पा सेन्टरमा छापा मारेर भारतीय नागरिक गुडिया खान, दुर्गा थारु तर्कराज देवकोटालाई पक्राउ गरेको छ। उनीहरूले विभिन्न उमेरका नाबालिकालाई गैरकानुनी रूपमा स्पामा काममा लगाएको आरोप छ। बाँके प्रहरीले पीडित बालबालिकाको उद्धार गरेको […]

बाँके । सशस्त्र प्रहरी बल, नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक आईजिपी नारायण दत्त पौडेलद्वारा बाँके बर्दिया स्थित सशस्त्र प्रहरी बलका विभिन्न युनिटहरूको औपचारिक निरीक्षण भ्रमण गर्नुभएको छ । निरीक्षणका क्रममा भएका मुख्य कामहरू: बाँके र बर्दियाका विभिन्न बीओपी, गुल्म र बाहिनी मुख्यालयको स्थलगत निरीक्षण गर्दै सुरक्षा व्यवस्था, ब्यारेक, अभिलेख र हातहतियारको अवस्थाबारे जानकारी लिनुभयो। आवश्यक […]