३० फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

विजयनगरमा वार्षिक योजना निमार्ण गर्न सर्बदलीय बैठक सम्पन्न

Logo
प्रकाशित बिहिबार, आषाढ ०४, २०७७

राम प्रघट कोरी
कपिलवस्तुको विजयनगर गाउँपालिकामा बिहिवार सर्बदलीय बैठक सम्पन्न भएको छ । आ. व. २०७७÷०७८ को वार्षिक नीति कार्यक्रम तथा वजेट निर्माणमा जुटेको गाउँपालिकाले कोभिड– १९ को महामारीका बीच गाउँपालिकास्थित विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधि, समाजसेवी ,बुद्धिजीविहरुसँग छलफल गरेको हो । गाउँपालिकाले नयाँ भन्दा कोभिडका कारण सम्पन्न हुन नसकेका अधुरो र महत्वपूर्ण योजनाका कार्यलाई प्राथमिकतामा राख्दै अन्य कार्यलाई अगाडी बढाउने भएको छ । गाउँपलिकाले विश्वभरी फैलिएको कोरोना भाइरस महामारीका कारण हुन नसकेका र अधुरो विकास निमार्णका कामलाई तीव्रता दिने जनाएको छ ।
यसको साथै गाउँपालिकाले स्वास्थ्य, कृषि, शिक्षा, रोजगार र उत्पादनलाई विशेष प्राथमिकतामा राख्ने गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनुभयो । गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रमलाई बनाइरहँदा सर्बदलीय बैठकबाट थप सल्लाह सुझाव लिई योजनालाई कार्यान्वयन गर्दै अगाडी बढाउने थापाले बताउनुभयो ।
आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेट निमार्णमा कोरोना भाइरस र यसले प्रभाव परेको क्षेत्रको पहिचान गरी नीति तथा कार्यक्रम र बजेट निर्माण गर्ने गाउँपालिकाले जनाएको छ ।
स्थानीय स्तरमा रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुबाट आएका सल्लाह सुझावलाई ध्यानमा राखि अहिलेको अवस्था अनुकुल हुने गरि नीति कार्यक्रम र योजना निर्माण हनुपर्ने धारणा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले व्यक्त गर्नुभएको थियो । उहाँले अमूर्त भन्दा पनि कार्यान्वयनमा लान सकिने र प्रत्यक्ष रुपमा गाउँपालिकाको विकासमा टेवा पुग्ने योजना आउनु उपयुक्त हुने बताउनुभयो ।
बैठकमा अधिकांश बोल्ने बक्ताले सहुलियत ऋण, विपद् व्यवस्थापन कोष, सामुहिक कृषि कार्यक्रम, व्यवसायिक शिक्षा, मल खाद, उन्नत बिउ विजन, कृषि सामग्री अभाव हुन नदिन सहज रुपमा बजारको व्यवस्थापन लगायतका योजना समाबेश गर्ने कुरामा जोड दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!