१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

दाङको तुलसीपुरमा दिउँसो १२ बजेपछि सबै पसलहरु बन्द हुने

Logo
प्रकाशित शुक्रबार, आषाढ ०५, २०७७

सागर थापा
दाङको तुलसीपुरमा व्यापार व्यवसाय दिउँसो १२ बजेसम्म मात्रै खुल्ने भएका छन् । तुलसीपुर उपमहानगरपालिकाको विपद् व्यवस्थापन समितिको बिहिबार बसेको बैठकले कोरोना संक्रमणको दर बढ्दै गएको अवस्थामा जोखिम न्युनिकरणका लागि भोलि(शुक्रबार)देखि लागु हुने गरी दिउँसो १२ देखि सबै बन्द गर्ने निर्णय गरेको हो ।
तर अत्यावश्यक तरकारी,दुध, औषधि, भेटनरी, कृषि, ढुवानी, बैंक, वित्तिय सेवा, बिमा लगायतका व्यवसायहरु साविककै निर्णय अनुसार संचालन हुनेछन् ।
बैठकले उपमहानगरलिकाभित्रका क्वारेन्टिनलाई थप व्यवस्थापनसहित निरन्तरता दिने, नगरका तीन ठाउँमा शब अन्त्यष्टिको व्यवस्थापन गर्ने, शब बहानका लागि प्रदेश सरकारसंग माग गर्ने, घोराही–तुलसीपुरको आवाज–जावातलाई थप सजकता अपनाउने लगायतका निर्णय गरेको छ ।
विपद व्यस्थापन समितिका संयोजक नवराज लामिछानेको अध्यक्षतामा बैठक बसेको हो । बैठकमा नगरप्रमुख घनश्याम पाण्डे, विभिन्न राजनितिक दल, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी कार्यालय, १९ नम्बर बाहिनी, तुलसीपुर उद्योग वाणिज्य संघ लगायतका सरोकारवालाको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । उपत्कायकास्थित बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमवासी बस्ती हटाउने क्रम आज (शनिबार) पनि जारी छ। सरकार र काठमाडौँ महानगरपालिकाको संयोजनमा आज कामपा-१६ बालाजुस्थित विष्णुमति नदी र धोबीखोला नदी किनारामा रहेका घरटहरा हटाइँदै छ । कामपा-१५ स्वयम्भू क्षेत्रका अतिक्रमित घरटहरा हटाउने कार्य जारी रहेको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए। […]

एजेन्सी । दक्षिणी लेवनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । जहाँमा इजरायली सेनाले युद्धविरामको बावजुद निकासी आदेश जारी गरेको थियो । लेवनानको हबबुसमा भएको आक्रमणमा एक जना बच्चा र दुई महिलासहित आठ जनाको मृत्यु हुनुका साथै अन्य २१ जना घाइते भएको मन्त्रालयले जनाएको छ । यसै गरि जररियामा […]

काठमाडौं । स्थित नैना Naina & Ishan Jewellers मा दुई जना अपरिचित व्यक्तिहरूले हेल्मेट, मास्क र कालो पहिरनमा आएर लुटपाट गर्ने प्रयास गरेका थिए। उनीहरूसँग बन्दुक र खुकुरी थियो र पसलमा एक्लै रहेको कर्मचारीलाई धम्क्याए। साहसी कर्मचारीले प्रतिरोध गर्दै कराएपछि ती व्यक्तिहरू भाग्न बाध्य भए। यस घटनाबारे प्रहरीलाई जानकारी गराइसकिएको छ। नेपाल प्रहरी तथा सरकारसमक्ष […]

error: Content is protected !!