०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

बाँकेमा सिडियो कुरुवाङ आए देखि नदिजन्य तस्करी गर्नेहरु धमाधम पक्राउ

Logo
प्रकाशित शनिबार, आषाढ ०६, २०७७

एबिसी क्राईम ब्युरो
बाँकेको राप्तीसोनारीमा नदिजन्य सामाग्री तस्करी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ढुङ्गा,गिटी ,बालुवा लगायत अन्य नदिजन्री सामाग्री तस्करी गर्ने भनिएका मनोज केसी रहेका छन्।
लामो समयदेखि केसीले राप्ती नदिमा जेसेबी,टिपर प्रयोग गरेर नदिजन्य सामाग्री तस्करीमा सामेल हुँदै आएको उनलाई आरोप छ। उनलाई बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुमबाङ्गको निर्देशनमा पक्राउ गरिएको हो।
केसीलाई शुक्रबार पक्राउ गरि हिरासतमा राखिएको छ। उनलाई पक्राउ गरि जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरि म्याद थप गरेर मुद्दा प्रक्रिया अघि बढाएको प्रजिअ कुरुमबाङ्गले बताए।गत आर्थिक बर्षमा राप्ती नदिमा नदिजन्री सामाग्री उत्खननको ठेक्का समेत पाएका केसीले राजस्व नतिरेको आरोप समेत छ।
बाँकेको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका कुरुमबाङ्गले तस्करलाई कुनै पनि हालतमा नछाड्न सुरक्षा निकायलाई निर्देशन समेत दिएका छन् ।
केसी पक्राउ परेसगै बाँकेमा नदिजन्य सामाग्री तस्करी गर्ने गिरोहहरुमा खैलाबैला मच्चिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!